२०८३ कार्तिक १२ गते बुधबार

एसिया कप छनोटमा नेपाल र चीन भिड्दै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २५
Nepali u20 womens football 1

काठमाडौं – म्यानमारमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ। यानगोनस्थित थुवुन्ना रंगशालामा नेपालले चीनको सामना गर्न लागेको हो।

नेपाल र चीनबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। नेपालका लागि चीन कठिन प्रतिद्वन्दी हो। नेपाली टिमका मूख्य प्रशिक्षक याम प्रसाद गुरुङले उत्कृष्ट खेल पस्किने बताएका छन्।

उनले भने, ‘यू २० साफ खेल्दा पनि पहिले हारेको हो। यहाँ पनि त्यस्तै भएको छ। तर आज हामी एसियाको राम्रो टिमविरुद्ध खेल्न लागेका छौं। यद्यपी आज हामी उत्कृष्ट खेल्ने कोसिस गर्नेछौ।’

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। तर त्यो भने सजिलो हुनेछैन। किनभने पहिलो खेलमा नै नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो।

यता चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। उसले पहिलो खेलमा चाईनिज ताइपेलाई १–० ले हराएको थियो। तर नेपाललाई जित निकाल्न कठिन रहेको कप्तान दिपा शाहीलाई पनि थाहा छ। त्यसैले उनी आज डिफेन्सिभ खेल्ने बताउँछिन्।

‘तयारी राम्रो गरेका छौं। मनोबल पनि उच्च छ। पहिलो खेलमा हार बेहोरको भए पनि हाम्रो मनोबल कमजोर भएको छैन्। हामी आज डिफेन्सिभ खेल्ने नै हो। हामी अट्याकिङमा पनि अवसर खोज्नेछौं। हामी स्कोर निकाल्यौँ त्यसलाई जोगाउने छौं,’ कप्तान साहीले भनिन्।

छनोटको समूह बीमा अंक विहीन रहदै नेपाल पुछारमा छ। नेपालविरुद्ध जित निकालेको म्यानमार शीर्ष र चीन ३ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रकाशित: २०८० जेठ २५ गते बिहिबार १२:०४
प्रतिक्रिया

थप समाचार

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...

फुटबलका प्रतियोगिता गराउन एन्फालाई खेलाडीको ध्यानाकर्षण

काठमाडौं – नेपालमा जेठ अन्तिम देखि घरेलु लिग सकिएपछि बाँकी फुटबल प्रतियोगिता हुन सकेको छैन। प्रतियोगिता रोकिएसँगै खेलाडी बेरोजगार हुन थालेको भन्दौ नेपाल फुटबल खेलाडी संघले फुटबल कार्यक्रम...

विश्व फुटबल वरियतामा नेपालको स्थान यथावत्

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फुटबलको विश्व वरियतामा गरेको मुल्यांकन सार्वजनिक छ। उनले सार्वजनिक गरेको फुटबलको नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ। फिफाले आज (बिहीबार)...

साफले देखाएको नेपाली फुटबलको चरित्र

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसिपका कारण अहिले दक्षिण एसियाली फुटबलको माहोल तातिएको छ। यसबाट नेपाल अछुतो रहने कुरै भएन। किनकि, नेपालले खेल्ने गरेको सबैभन्दा ठूलो प्रतियोगिता नै यही...

फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं – नेपालले फलिपिन्ससँगको मैत्रीपूर्ण फुटबल खेलमा हार बेहोरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा गोल बेहोरेपछि नेपालले १–० को साँघुरो हार बेहोरेको हो। फिलिपिन्सको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना