काठमाडौं – नेपालमा जेठ अन्तिम देखि घरेलु लिग सकिएपछि बाँकी फुटबल प्रतियोगिता हुन सकेको छैन। प्रतियोगिता रोकिएसँगै खेलाडी बेरोजगार हुन थालेको भन्दौ नेपाल फुटबल खेलाडी संघले फुटबल कार्यक्रम सुचारु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएको छ।
खेलाडी संघका अध्यक्ष बिक्रम लामासहितका पदाधिकारीले मंगलबार एन्फा अध्यक्ष पंकज नेम्वाङलाई भेट गरेर एन्फा युथ लिग, बी र सी डिभिजन लिगका साथै महिला लिग फुटबल सुचारु गराउन ध्यानाकर्षण पत्र बुझाएको हो।
बाँकी लिगहरु सम्पन्न भए पनि महिला लिग भने आधा सिजनमै रोकिएर एक वर्षपछि बाँकी लिग नै रद्द गरिएको थियो। यद्यपि अहिले यू १६ को लिग भने एन्फाले सञ्चालन गरिहेको छ। उमेर समूह सहित विभिन्न फुटबल कार्यक्रम रोकिदा खेलाडीलाई धेरै असर परेको छ भन्दै जिम्मेवार निकाय एन्फाले यसमा ध्यान दिओस् भनेर भनेर पत्र बुझाएको संघले जानकारी दिएको छ।
एन्फाले यू–१६ को लिग सुरु गरे पनि चार क्लब नखेल्ने भन्दै मैदानमा उपस्थित हुन छोडेका छन्। यू १६ भन्दा धेरै उमेर भएका खेलाडी खेलाडीको प्रमाणित भएपछि क्लबले खेल्न मानेका छैनन्। त्यसैले, खेलाडी संघले अन्यौल अवस्थामा रहेको युथ लिगको विषयमा छिटो निर्णय लिन एन्फालाई आग्रह गरेको छ। ए डिभिजनका चार क्लबले बहिष्कार गरेपछि एन्फा लिग अन्यौलको अवस्थामा पुगेको हो।
यस्तै संघले पटक पटक मिति तोकेर हुन नसकेको बी र सी डिभिजन लिगको तत्काल अघि बढाउन आग्रह गरेको छ। साथै, महिला लिगको बारेमा समेत चाँडै निर्णय लिन एन्फाको ध्यानाकर्षण गराएको छ।


