२०८३ साउन १३ गते बुधबार

साफले देखाएको नेपाली फुटबलको चरित्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
NepInd (6)

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसिपका कारण अहिले दक्षिण एसियाली फुटबलको माहोल तातिएको छ। यसबाट नेपाल अछुतो रहने कुरै भएन। किनकि, नेपालले खेल्ने गरेको सबैभन्दा ठूलो प्रतियोगिता नै यही हो। तर, नेपाले साफमा दशक यताकै खराब प्रदर्शन गर्‍यो। सुरुआती दुई खेलमा पराजय व्यहोरेपछि एक खेल अगावै नेपालले भारतको बैंग्लोरबाट काठमाडौंको टिकट काट्यो।

नेपाली टिमका प्रशिक्षक र कप्तानले यसलाई अपेक्षित भनेका छन्। तर, साफमा प्राप्त नतिजाले नेपाली फुटबलको ओह्रालो यात्रालाई उजागर गरिदिएको छ। अघिल्लो संस्करणमा मात्र फाइनल पुगेको नेपालका लागि अहिले समूह चरणबाटै बाहिरिनु पक्कै अपेक्षित होइन।

साफको इतिहास हेर्ने हो भने तीन ‘अभागी’ देशमध्ये एक पर्छ नेपाल। अहिलेसम्म उपाधि नजितेका पाकिस्तान र भुटानसँगै नेपालको नाम जोडिन्छ। तर, भुटान र पाकिस्तानभन्दा नेपाली टिमलाई माथिल्लो स्तरको मानिँदै आएको छ।

पछिल्लो अवस्था हेर्दा भने त्यस्तो देखिँदैन। किनभने हालै नेपालमा आयोजित थ्रि नेसन्स कपमा भुटानले नेपाललाई बराबरीमा रोकेको थियो। ‘नेपाल हामीभन्दा धेरै माथिको टिम हुने गरेको थियो। तर, अहिले हामीले बराबरीमा रोकेका छौं,’ नेपाललाई बराबरीमा रोकेपछि भुटानका मूख्य प्रशिक्षक पेमा दोर्जीले भनेका थिए।

दोर्जीले भनेजस्तै अहिले नेपाली टिमले खस्किएको आफ्नो स्तर प्रमाणित गरिरहेको छ। भारतसँगकै खेल हेर्दा पनि नेपालले पछिल्ला चार खेलमा गोल फर्काउन सकेको छैन्। जब भारतको टिम एक दिन पनि अभ्यास नगरीकनै नेपाल आएको थियो, त्यही बेला त हो नेपालले भारतलाई पछिल्लो पटक गोल गरेको।

काठमाडौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्णको पहिलो खेलमा नेपालले भारतलाई १–१ गोलमा रोक्न सकेको थियो। त्यसपछि भने भारत विरुद्ध नेपालले गोलको खडेरी टार्न सकेको छैन। त्यसै पनि यो संस्करणको साफ च्याम्पियनसिपमा नेपालले कमजोर तयारी गरेको थियो।

लिग ढिलो सकिएको कारण नेपालले देशमा एक दिनको र विदेशमा पनि तीन दिनको मात्र तयारी गर्न पाएको हो। यसैबीच नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल्ने अवसर त पायो। त्यसमा पनि नेपालको पोल्टामा हार नै पर्‍यो।

फिलिपिन्स जानुअघि प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेसले धेरै आशा देखाएनन्। ‘हामीसँग डेब्यु गराउनका लागि नयाँ खेलाडी छन्। साथै तयारीका लागि कमै समय छ। अभ्यासका लागि तीन दिन मात्र छ,’ उनले भनेका थिए।

प्रशिक्षक एनेसलाई थाहा थियो कि यो टिमसँग उपाधि जित्न सकिँदैन। ‘मैले यो टिमसँग थ्रि नेसन्स कपमा ट्रफी जितिसकेको छु। सँधै जितिरहन त सकिँदैन,’ उनले अगाडि भने, ‘साफमा केही खेलाडी म भन्दा धेरै अनुभवी खेलाडीहरु पनि छन्। मेरो त पहिलो हो। यो टिमसँग म राम्रो प्रदर्शन गर्नेछु।’ उनले प्रतियोगितामा लाकेन लिम्बू, मनिष पाण्डेलाई सँगै डेब्यू गराए।

नेपाली टिमलाई भरपर्दा डिफेन्डर रोहित चन्दले फिलिपिन्समा मात्रै राष्ट्रिय टिम जोइन गरेका थिए। नेपाली टिमका कप्तान किरण कुमार लिम्बुका अनुसार पनि नेपाली टिमले एकअर्कालाई चिन्न सकेन। ‘अभ्यासको समय भएको भए कम्बिनेसनमा धेरै काम गर्न सकिन्थ्यो होला। तर, भएन। त्यसको नतिजा खेलमा देखा पर्नेछ,’ कप्तान लिम्बूले भनेका थिए।

उनले अगाडि भनेका थिए, ‘दुई नयाँ टिमले साफ माथिल्लो स्तरमा पुगेको छ। यो फुटबल विकासको लागि राम्रो कुरा हो। हामी साविकको उपविजेता पनि हो, टिममा पनि नयाँ खेलाडी छन्। चुनौति र प्रतिस्पर्धा धेरै छ।’

खेलमा कम्बिनेसन त ठिकठाकै देखियो, भारतविरुद्धको खेलमै पनि नेपालले धेरै अवसर सिजर्ना गरेको थियो। तर हार बेहोर्न पुग्यो। कुवेत र भारतको समूहमा परेको नेपाल समूह चरणबाट अघि जान नसक्ने भने आँकलन गरिएको थियो, भयो पनि त्यस्तै।

पहिलो खेलमा नेपाल कुवेतविरुद्ध पुरा समय दबाबमा रह्यो। नेपालले लगातार गोल बेहोर्यो र ३–० ले पछि पर्‍यो। पछि अञ्जन विष्टले एक गोल फर्काए। यद्यपि नेपालले हार बेहार्‍यो। त्यसपछि प्रशिक्षक एनेसले भनेका थिए, ‘दोस्रो खेलमा भारतसँगको भेट हाम्रो लागि फाइनल सरह हुनेछ।’ त्यो खेलले नै नेपालको आगामी यात्रा निर्धारण गर्ने थियो। त्यसैले नेपालले पहिलो हाफमा धेरै मेहेनत गर्‍यो।

प्रशिक्षक भिन्सेन्जो।

अञ्जनसँगै, मनिष डाँगी, आयुष घलान र विमल घर्तीमगरको फरवार्ड लाइनले भारतलाई दबाबमा राखेको थियो। १९ औं, २८ औं र ३८ औं मिनेटमा नेपालले गोलका गोलका सुन्दर अवसरहरु सिर्जना गरेको थियो। तर, गोल गर्न सकेन।

अन्तिममा भारतले दुई गोल गर्‍यो र नेपाल पराजित हुँदै बाहिरियो। बाहिरिँदा दुःख लागे पनि नयाँ खेलाडीको प्रयास देखेर नेपाली टिमका कप्तान लिम्बू भने सुन्तुष्ट छन्। उनले भने, ‘प्रतियोगिताबाट बाहिरिँदा दुःख लाग्छ। तर खेलाडीबाट दुःखी छैन। निकै बलियो टिमसँग हारेको हो। केही खेलाडीले त पहिलो पटक अवसर पाएका थिए।’

भारतसँगको अन्तिम खेलको कुरा गर्दा पनि भिन्सेन्जोले सुरुआतमा पठाएको टिमले धेरै प्रयास गरेको हो। ‘पहिलो हाफमा प्रदर्शन राम्रो थियो। तर अञ्जनलाई परिवर्तन गरेपछि नेपालको सन्तुलन बिग्रियो,’ प्रशिक्षक एनेसले खेलपछि भने, ‘दोस्रो हाफमा नयाँ खेलाडी मैदान प्रवेश गरे तर अनुभव कम भयो।’

खेलाडीले आफूले सोचअनुरुपकै प्रदर्शन गरेको उनको दाबी छ। अब उनको एकै मात्र लक्ष्य छ, पाकिस्तानलाई जितेर घर फर्किने। तर, त्यो खेलको जितहारले प्रतियोगितामा दुवै टिमलाई कुनै प्रभाव पार्ने छैन। किनकी दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन्।

साफबाट बाहिरिएपछिको अवस्थाले नेपालको वास्तविक अवस्था झल्काउने प्रशिक्षक एनेस बताउँछन्। ‘हामीलाई अभ्यासको समय र प्रतियोगिता धेरै चाहिन्छ। अहिले भारतले गरिरहेको जति समय र प्रतियोगिता चाहिन्छ। तर, नेपालसँग त्यति क्षमता र बजेट छैन। मैले एन्फालाई दोष दिएको होइन, यो वास्तविकता हो,’ प्रशिक्षक भिन्सेन्जोले भनेका छन्।

भिन्सेन्जोसँग ११ जुनदेखि मात्र नेपालको टिम उपलब्ध थियो। उनले टिमसँग पूरा चार दिन मात्र तयारी गर्न पाए। उनीसँग पर्याप्त समय भएन। भारतले साफको लागि एक महिना अघिबाटै तयारी गरिरहेको थियो।

‘मैले पाएको जति समयमा सक्दो गरेँ,’ एनेसले अगाडि भने, ‘प्रशिक्षणका लागि हामीलाई धेरै समय चाहिन्छ। भारतले लगातार खेलिरहेको छ। तर, हाम्रो त्यस्तो भएन। मैले पाएको जति समयमा सक्दो कोसिस गरेँ।’

उनलाई लाग्छ अहिलेका युवा खेलाडी पनि तीन चार वर्षपछि अष्ट्रेलिया जानेछन्। किनभने उनीहरुलाई यहाँ कमाई गर्न सकेका छैनन्। उमेर बढ्दै गएपछि मनिष, आयुषजस्ता खेलाडी पनि विदेशिने प्रशिक्षकको अनुमान छ।

यस्ता खबरले नेपाली टिमका कप्तानको पनि मन खिन्न हुन्छ। खेलाडी बाहिर गएको सुन्दा किरणलाई ‘अब के होला?’ भन्ने लाग्छ।

‘प्रशिक्षकले नयाँ खेलाडी हेरे नयाँ टिम बनाउनुहुन्छ। उसले केही राम्रो खेल्न थालेको हुन्छ। आशा पलाउन थालेको हुन्छ। तर, खेलाडी विदेश जान्छ,’ नेपाली फुटबलको वास्तविकता चित्रित गर्दै किरण थप्छन्, ‘फेरी नयाँ टिम बनाउनु पर्ने हुन्छ। नेपाली फुटबलको भविष्य सम्झिन्छु अनि के होला? भनेर डर लाग्छ। जे भए पनि दर्शकहरुले माया गरिरहनु भएको नै छ। त्यसैले आशा लाग्छ। नयाँ टिमलाई मोटिभेट गर्नुहोस्, सबै फ्यानलाई मेरो अनुरोध छ।’

त्यसो त उनी सरकारले सहयोग नगरेकोमा खिन्न सुनिन्छन्। भन्छन्, ‘सरकारले सहयोग नगरेको हो कि भन्ने पनि लाग्छ। सहयोग भए केही राम्रो गर्न सकिन्थ्यो कि!’

प्रकाशित: २०८० असार १० गते आईतबार ०६:४८
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना