काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फुटबलको विश्व वरियतामा गरेको मुल्यांकन सार्वजनिक छ। उनले सार्वजनिक गरेको फुटबलको नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ।
फिफाले आज (बिहीबार) निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ। अघिल्लो महिनामा १७५ औं स्थानमै रहेको नेपाल अहिले पनि सोही स्थानमा रहेको हो।
दक्षिण एसियाको वरियतामा हेर्ने हो भने नेपालको वरियता तेस्रो स्थानमा रहेको छ। नेपाल दक्षिण एयिामा भारत र माल्दिभ्स भन्दा पछि छ। ९९ औं स्थानमा रहेको भारत शीर्ष १०० भित्र रहेको एकमात्र दक्षिण एसिायली देश हो।
त्यसपछि रहेको माल्दिभ्स १५५ औं स्थानमा रहेको छ। त्यस्तै, दक्षिण एसियाको भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १८९ औं स्थानमा र पाकिस्तान २०१ औं स्थानमा छ। प्रतिबन्ध खेपिरहेको श्रीलंका २०४ औं स्थानमा छ।
पछिल्लो फुटबल विश्वकप पछि विश्वविजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायम छ। वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेका छन्। यस्तै इंग्ल्यान्ड चौंथो स्थानमा र बेल्जियम पाँचौं स्थानमा रहेको छ ।


