काठमाडौं – श्रीलंकामा हिजोबाट सुरु भएको एसीसी टिम्स एसिया कपअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ। नेपालले टस जितेपछि पहिले ब्याटिङ गर्ने भएको छ।
कोलोम्बो क्रिकेट ग्राउन्डमा नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यता टस हारेपछि पाकिस्तानी कप्तान मोहम्मद हरिसको टिमले पहिले नेपालविरुद्ध बलिङ र फिल्डिङ गर्नेछन् ।
नेपालसँग खेल्ने पाकिस्तान को ए टोली हो। त्यो टिममा पाकिस्तानको सिनियर टोलीबाट खेलेका ८ युवा र स्टार खेलाडी रहेका छन्।
नेपाल रहेको समूह बी मा पाकिस्तन, भारत र युएई पनि रहेका छन्। त्यस्तै, समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन्।


