काठमाडौं – श्रीलंकामा हिजोबाट सुरु भएको एसीसी टिम्स एसिया कपअन्तर्गतको आफ्नो पहिलो खेलमा लज्जास्पद सुरुआत गरेको छ। सुरुआति पाँच ओभरमै नेपालले तीन विकेट गुमाएको छ। नेपालले ओपनर जोडीका साथै कप्तान रोहित पौडेललाई पनि गुमाएको हो।
कोलोम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तर पाकिस्तानी बलरले घातक सुरुआत गरेपछि नेपालको तीन खेलाडी सुरुमै आउट भएका हुन्।
ओपनर कुशल भुर्तेल छ बलमा एक रन बनाएर बाहिरिएका थिए। उनलाई शाहनवाज धनानीले तेस्रो ओभरको पहिलो बलमा आउट गरेका हुन्। कुशल आउट हुँदा नेपालको खातामा १४ रन मात्र थियो। त्यस्तै अर्को ओपनर आशिफ शेख पनि धनानीकै हातको सिकार भए।
आसिफले १२ बलमा १२ रन बनाएर आउट भए। उनी आउट हुँदा नेपालको खातामा १२ रन मात्र छ।
तेस्रो नम्बरमा मैदान छिरेका कप्तन रोहितलाई भने मुहम्मद वासिमले पेवेलियन फर्काएका थिए। रोहितलाई मोहम्मद ह्यारिकले क्याच गरेका हुन्। रोहित आउट हुँदा नेपालको खातामा २४ रन मात्र छ। यससँगै नेपालले कमजोर सुरुआत गर्यो।
नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यता टस हारेपछि पाकिस्तानी कप्तान मोहम्मद हरिसको टिमले पहिले नेपालविरुद्ध बलिङ र फिल्डिङ गर्नेछन् ।
नेपालसँग खेल्ने पाकिस्तान को ए टोली हो। त्यो टिममा पाकिस्तानको सिनियर टोलीबाट खेलेका ८ युवा र स्टार खेलाडी रहेका छन्।
नेपाल रहेको समूह बी मा पाकिस्तन, भारत र युएई पनि रहेका छन्। त्यस्तै, समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन्।


