काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान सँग चार विकेटको हार बेहोरेको छ। नेपालले पहिलो पारीमा ३७ ओभर खेल्दै सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभर पाँच बलमा छ विकेट गुमाएर लक्ष्य पुरा गरेपछि नेपालले चार विकेटको हार बेहोरेको हो।
पाकिस्तानका लागि हसिबुल्लाहले १२ रन बनाएका थिए। उसका लागि तायब ताहिरले सर्वाधिक ५१ रन प्रहार गरेका थिए। त्यस्तै, ओपनर सैम आयुबले २४ तथा आमिर बिन युसुफले ३६ रन बनाएका थिए।
पाकिस्तानका बाँकी खेलाडी कमरन गुलामले ३१ र मोहम्मद हरिषले ९ रन बनाए। यता नेपालका लागि ललित राजवंशीले तीन विकेट गिराए भने पवन सर्राफले दुई तथा कुशल मल्लले एक विकेट लिएका थिए।
पहिलो पारीमा निकै कमजोर सूरुआत गरेको नेपालले अन्तिममा केही सम्हालिएर खेल्दै ३७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको हो। पेसर सोमपाल कामीले अर्धसतक बनाएपछि नेपालले एक सयभन्दा धेरैको लक्ष्य दिन सकेको थियो। सोमपालले आज ९ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७५ रन बनाएका थिए। उनले १०१ बलमा सो रन जोड्न सकेका हुन्।

सुरुआति पाँच ओभरमै नेपालले तीन विकेट गुमाएको नेपालले त्यसको केही समयमै थप दुई विकेट पनि गुमाएको थियो। नेपालले ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखक साथै कप्तान रोहित पौडेल, भीन सार्की र आर्जुन साउँद लगातार आउट भएका थिए।
त्यस्तै, १० ओभर सकिँदा त नेपालले छ विकेट गुमाइसकेको थियो। कोलोम्बो क्रिकेट ग्राउन्डमा सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तर पाकिस्तानी बलरले घातक सुरुआत गरेपछि नेपाल सबै शीर्ष ब्याटर सुरुमै आउट भए।
ओपनर कुशल भुर्तेल छ बलमा एक रन बनाएर बाहिरिएका थिए। उनलाई शाहनवाज धनानीले तेस्रो ओभरको पहिलो बलमा आउट गरेका हुन्। कुशल आउट हुँदा नेपालको खातामा १४ रन मात्र थियो। त्यस्तै अर्को ओपनर आशिफ शेख पनि धनानीकै हातको सिकार भए।
आसिफ १२ बलमा १२ रन बनाएर आउट भए। उनी आउट हुँदा नेपालको खातामा १९ रन मात्र थियो। चौथो नम्बरमा मैदान छिरेका कप्तान रोहितलाई भने मुहम्मद वासिमले पेवेलियन फर्काएका थिए। रोहितलाई मोहम्मद ह्यारिकले क्याच गरेका हुन्। रोहित आउट हुँदा नेपालको खातामा २४ रन मात्र छ।
तेस्रो नम्बरका ब्याटर अर्जुन साउँद पनि २० बलमा १७ रन बनाएर आउट भए। उनलाई सस्तैमा आउट गर्दा नेपालले ३५ रन मात्र बनाएको थियो। साउँदलाई पाकिस्तानका धनानीले नै पेवेलियनको बाटो देखाएका थिए। धनानीको बललाई ह्यारिसले क्याच गरेपछि अर्जुन बाहिरिए।
अर्जुन आउट हुनुअघि नै पाँचौ नम्बरमा मैदान छिरेका भीम सार्की पेवेलियन फर्किसकेका थिए। शून्य रन बनाएका भीम वासिमको सिकार भए। त्यस्तै सातौं नम्बरका पवन सर्राफलाई पनि धनानीले नै आफ्नो सिकार बनाए। पवन आउट भएसँगै नेपालको छैटौं विकेट पनि गएको थियो। छैटौं नम्बरमा मैदान छिरेका कुशल मल्लले १७ रन को योगदान दिए।

पवनले नेपाललाई एक रन मात्र प्रदान गर्न सके। गुल्सन कुमार झा र सोमपाल कामीले केही लामो पारी खेल्न चाहे पनि सकेनन्। किनभने गुल्सनलाई १९ रन बनाएको अवस्थामा वासिमले डगआउटको बाटो देखाइदिए। यता, युवा बलर प्रशित जिसीले चाहिँ केही सम्हालिएर खेले। उनले २४ बलमा २६ रन हिर्काए।
नेपालविरुद्ध पाकिस्तानका धनानीले पाँच विकेट लिए भने वासिमले चार विकेट गिराएका थिए। त्यस्तै मुवासिर खानले पनि एक विकेट लिए। धनानीले त खेलमा तीन मेडनसमेत राखे।
नेपालसँग खेलेको पाकिस्तानको राष्ट्रिय सनियर टोलि नभएर ए टोली हो। त्यो टिममा पाकिस्तानको सिनियर टोलीबाट खेलेका ८ युवा र स्टार खेलाडी रहेका छन्। पाकिस्तान यो प्रतियोगताको साविक विजेता टिमसमेत हो। नेपाल रहेको समूह बी मा पाकिस्तन, भारत र युएई पनि रहेका छन्।


