२०८३ कार्तिक १६ गते आईतबार

जापान पुग्छ महाभारतको कफी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २९
coffee
पल्पिङका लागि महाभारतमा कफी सुकाइँदै।

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ। हिमालयन लक्जरी बिन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो।

यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरूको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी बिन्सका सञ्चालक गुणबहादुर लामाले बताए। अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको बिन्ससँग समन्वय गरी यहाँ संकलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए। किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रूपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उनले बताए।

‘व्यावसायिक रूपमा उत्पादन कम भएकाले पनि उत्पादन गरेको कफी वार्षिक एक हजार पाँच सय केजी निर्यात गर्दै आएका छौँ,’ उनले भने, ‘हामीले पहिलादेखि विशेष गरी फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समयमा कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौँ। जसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ।’

उनका अनुसार यहाँ उत्पादन भएको कफी राम्रो भएकाले पनि जापनिजहरूको पहिलो रोजाइमा पर्ने गरेको छ। ‘किसानले जति उत्पादन गरे पनि हामीले सबै खरिद गरेर उहाँहरूलाई पैसा दिन्छौँ,’ उनले भने, ‘त्यसका लागि कसरी टिप्नेदेखि प्रशोधन कसरी गर्ने, बजारसम्म कसरी सुरक्षित लाने भन्ने विषयमा समेत किसानलाई तालिम दिने गरेको छ।’

डाँडापारिको ठूलो पोखरामा फल पाकेपछि टिपेर बोक्रा फाल्ने पल्पिङ सेन्टरसमेत स्थापना गरेको छ। जहाँबाट उत्पादन भएको कफी प्रशोधन गरी बनेपामा ल्याउने गरिएको छ। किसानको बारीबाट टिपेर ‘पल्पिङ’ गरेको कफीको प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म गुणस्तर हेरेर तिर्ने गरेको संस्थाले जनाएको छ।

सुरुमा केही किसानलाई निःशुल्क बिरुवा वितरण गर्नाका साथै रोप्ने, गोडमेल गर्ने र त्यसको फललाई सुरक्षित रुपमा टिप्ने विधिसमेत सिकाइएको थियो। एक पटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको छ। एक रोपनीमा २५ देखि ३० हजारसम्म कमाई हुने गरेको किसानहरूको भनाइ छ। जापानको बजारमा अरू देशको कफीको तुलनामा महँगोसमेत रहेको जनाएको छ।

नेपालमा माइला दाइ भनेर परिचित जापानका यशुके कुशेहवाको नेतृत्वमा कफी निर्यात हुँदै आएको छ। त्यसका लागि उनले गाउँगाउँमा जाने कफी उत्पादन किसानलाई तालिम दिने, प्रशोधनको विधि, त्यसबाट गुणस्तर कफी बनाउन कसरी काम गर्ने भन्ने विधिसमेत सिकाउँदै आएका छन्। आफूले कामको सिलसिलमा नेपालको ग्रामीण भेगमा पनि जाने अवसर पाएको र त्यहाँ कफी उत्पादन राम्रो देखिपछि जापान लाने काम गरेको उनको भनाइ छ।

कफीले राम्रो भाउ पाएपछि महाभारत गाउँपालिकाका किसानहरू यस खेती गर्न अग्रसर भएका छन्। महाभारत गाउँपालिकाले पनि कफीबाट राम्रो आम्दानी हुने देखिएपछि किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेर आम्दानीको वैकल्पिक स्रोतका रूपमा विकास गर्न लागेको छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउनका लागि किसानलाई अनुदान दिने गरेको बताए। आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन २०७९र८० मा एक लाखवटा कफीको बिरुवा निःशुल्क रुपमा वितरण गरेको उनले बताए।

‘महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना रहेको पाइएको कारण उत्पादनमा किसानलाई जोड्न यो वर्ष विरुवा वितरणसमेत गरेका छौँ,’ उनले भने, ‘यसअघि पालिकाले कफी उत्पादनको विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि मेसिन वितरण लगायतका काम गरेको थियो।’ यस वर्षदेखि वडा नं ३, ५ र ८ वडामा नर्सरीसमेत स्थापना गरेको पालिकाले जनाएको छ।

महाभारत गाउँपालिकाको किसानले कफीमा राम्रो आम्दानी गरेको पाइएपछि अहिले डाँडापारिकै खानीखोला गाउँपालिको पनि कफी उत्पादन किसानलाई अनुदान दिने व्यवस्था मिलाएको छ। पालिकाले गत आर्थिक वर्षदेखि कफी उत्पादन किसानलाई ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ नाराका साथ कफी खेती गर्ने किसानलाई प्रोत्साहन दिँदै आएको गाउँपालिकाले जनाएको छ।

त्यसका लागि आम कफी उत्पादक कृषकहरूलाई सहकारी वा समूहमा आबद्ध गराई उत्पादन कार्यमा सामूहिकताको नीति लागू गरिने, खानीखोला गाउँपालिकालाई कफी पकेट क्षेत्रको रूपमा थप विकास र विस्तारमा लागेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।

प्रकाशित: २०८० असार २९ गते शुक्रबार ०९:२३
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना