काठमाडौं – भारतको पुरुष ए टिमसँग नेपाली सिनियर क्रिकेट टिमले ब्याटिङमा कमजोर सुरुआत गरेको छ। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्सको एसिया कपमा नेपालले भारतविरुद्ध कमजोर सुरुआत गरेको हो।
नेपाली टिमका ओपनर कुशल भुर्तेल आफ्नो दोस्रो बलमै आउट भएका छन्। उनी आउट हुँदा नेपलाका खातामा शून्य रन थियो।
अहिले मैदानमा रहेका आशिफ शेख र देव खनालले १० रनको साझेदारी गरेका छन्।
यअसघि नेपालले पाकिस्तानसँग पनि कमजोर ब्याटिङ गरेको थियो। सो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो। प्रतियोगिताको लाथि भारत पाकिस्ताले ए टिम पठाएको भए पनि नेपालले भने सिनियर टिम नै पठाएको छ।


