काठमाडौं – आज एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र भारतको ए टिमले प्रतिस्पर्धा गरिरहेका छन्। श्रीलंकामा जारी प्रतियोगिताको १० औं ओभर सँगै पावर प्ले सकिएको छ। पावर प्ले सकिएसँगै नेपालले ३७ रन बनाएको छ।
पावर प्ले सकिँदा नेपालले पाँच विकेट गुमाइसकेको छ। भारतीय घातक बलरसामू नेपाली शीर्ष ब्याटिङ क्रम धरमराएको छ। अहिले मैदानमा चौथो नम्बरमा प्रवेश गरेका रोहित कुमार पैडेल र आठौं नम्बरका सोमपाल कामी ब्याटिङ गरिरहेका छन्।
नेपाली टिमका ओपनर एवम् सर्वाधिक रन बनाएका खेलाडी कुशल भुर्तेल आफ्नो दोस्रो बलमै आउट भएका छन्। उनी आउट हुँदा नेपलाका खातामा शून्य रन थियो। उनी डगआउट भए।
नेपाली टिमका अर्का ओपनर आशिफ शेख पनि चाँडै नै आउट भएका छन्। १५ बलमा सात रन बनाएका आशिफ हन्गरगेकरको हातबाट आउट भएका थिए। उनी आउट हुँदा नेपाली टिमको खातामा २७ रन मात्र थियो। मैदानमा जम्न नपाउँदै भारतीय बलरले नेपाली ओपनिङ जोडीलाई पेवेलिन फर्काएका हुन्।
तेस्रो विकेटमा रुपमा देव खनाललाई गुमाएपछि नेपालको अवस्था झन् खराब बन्यो। तेस्रो विकेटका रुपमा देव आउट हुँदा नेपालको खातामा ३० रन थियो। देव हन्गरगेकरको दोस्रो सिकार भएका थिए।
पाँचौ नम्बरमा मैदान पसेका भीम सार्की पनि टिक्न सकेनन्। उनी हर्षित रानाको बलबाट आउट भएका हुन्। कुशल भुर्तेललाई पनि आउट गराएका हर्षितले अहिले दुई विकेट लिएका छन्। भीम आठ बलमा चार रन जोडेर पेवेलिन फर्किए।
त्यस्तै, कुशल मल्ल पनि टिक्न सकेनन्। कुशलले छ बल खले पनि कुनै रन जोड्न सकेनन्।
यअसघि नेपालले पाकिस्तानसँग पनि कमजोर ब्याटिङ गरेको नेपालले चार विकेटको हार बेहोरेको थियो।


