काठमाडौं– बालुवाटारस्थित ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज सुनुवाइ हुने भनिए पनि हेर्दाहेर्दैमा राखेर मंगलबारका लागि तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो।
सोही प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनीका मालिक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्चमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।
सर्वोच्चले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।


