काठमाडौं– सत्तारुढ कांग्रेसले १३ महिनापछि मुख्यालय सानेपामा सुरु हुनै लागेको केन्द्रीय कार्यसमिति बैठक पहिलोपल्ट प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ। दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा हुने केन्द्रीय समिति बैठक कांग्रेसले ‘लाइभ’ भएको हो।
हिजो धुम्बाराही निवासमा पूर्व र वर्तमान पदाधिकारी सम्मिलित बैठकमा सभापति शेरबहादुर देउवाले सानेमामा हुने केन्द्रीय समिति बैठक बैठक लाइभ गर्न भनेअनुसार तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।
‘पहिलोपल्ट केन्द्रीय समिति बैठक लाइभ गर्न लागिएको हो। कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ हेर्ने व्यवस्था मिलाइनेछ।’ आजको बैठकमा हिजो तय गरिएका १० वटा एजेन्डामाथि रहेर छलफल चलाइने महामन्त्री विश्वप्रकाश शर्माले बताए।
