काठमाडौँ- मिटरब्याज पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
लामो सयमदेखि आन्दोलनरत पीडितहरूले आफूहरूको समस्या समाधान गर्ने विषयलाई चासो नदिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले साउन २ देखि ४ सम्म संसद भवन घेराउ गर्ने कार्यक्रम पनि तय गरेको छ।
शान्तिबाटिकाबाट सुरु भएको मार्चपास कार्यक्रम बानेश्वरमा पुगेको थियो। बानेश्वरमा उनीहरूले प्रदर्शन गरेका थिए।


















