काठमाडौँ- काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम निष्क्रिय पार्ने टोली पुगेको छ। बम डिस्पोजल युनिट पुगिसकेको र अब उसले शंकास्पद वस्तुलाई निष्क्रिय पार्ने प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको थियो।
शंकास्पद वस्तु फेला परेको स्थान नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ। ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला,’ शंकास्पद वस्तु भेटिएको स्थानमा राखिएको छ। यो पर्चामा संयोजक सफलको हस्ताक्षर छ।
पार्टीले चन्दा माग गरेको तर नदिएका कारण शंकास्पद वस्तु राखिएको बताइएको पनि प्रहरीले यसको पुष्टि गर्न बाँकी छ।
शंकास्पद वस्तु भेटिएको स्थानको वरपर प्रहरीले आवागमन रोकेको छ।







