काठमाडौँ- नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाई घात र अन्तर्घातमा लागेकाहरूलाई तरुण दलको केन्द्रीय सदस्य बनाइएको आरोप लगाएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै पुनले यस्तो बताएका हुन्।
‘घात, अन्तरघातमा लागेका मान्छेहरुलाई तरुण दलको केन्द्रीय सदस्य बनाइयो। अब नेविसंघ र विभागमा पनि त्यही हुने होला,’ उनले भने।
वार्षिक क्यालेन्डरमा प्रदेश समितिलाई नजोडिएकोमा उनको गुनासो थियो। संघीयतामाथि प्रश्न उठेका बेला प्रदेश सरकारलाई पनि कमजोर बनाउने र पार्टीका संरचनालाई उपेक्षा गरेर चल्दा राम्रो नहुने उनको भनाइ छ।
जो पावरमा गयो त्यसको निर्वाचन क्षेत्रमा जति पनि बजेट लाने, त्यहाँ मान्छे सेटल हुने। अन्त उपेक्षा गर्ने गरिएको भन्दै उनले आलोचना गरेका थिए।


