काठमाडौँ- काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम निष्क्रिय पार्ने टोलीले निष्क्रय पारेको हो।
शंकास्पद वस्तु राखेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार बिहान सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको थियो।
शंकास्पद वस्तु फेला परेको स्थान नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।
‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला,’ शंकास्पद वस्तु भेटिएको स्थानमा राखिएको छ। यो पर्चामा संयोजक सफलको हस्ताक्षर छ।
सेनाले यसरी निष्क्रिय पार्यो शंकास्पद वस्तु








