काठमाडौं – कारागारमा रहेका कैदी बन्दीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीहरु उत्पादन गर्ने कार्यक्रमअनुसार सेल्टर आश्रय नेपालले एएफसीको सहयोगमा कैदी जिवन विताइरहेका रहेकालाई प्रशिक्षण दिएको छ। काराथगारमा रहेका मानिसलाई पुनस्थापनाका लागि सही बाटो देखाउने धेय साथ उनीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीको प्रशिक्षण दिएको हो।
यसै वर्ष र अघिल्लो वर्ष गरि चार महिना चलेको प्रशिक्षण शुक्रबार झापामा सम्पन्न भएको थियो। प्रशिक्षणमा १८ जना प्रशिक्षक, १८ रेफ्री र २३ जना खेलाडीहरु सहभागि भएका थिए।
कैदीहरुलाई प्रमाणपत्र वितरण गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा केन्दीय सांमसद राजेन्द्र लिङ्देनले यस्तो सिपले सुधार गृहमा रहेका व्यक्तिहरुलाई पुनस्थापना गर्न सहज हुने बताएका छन्।
‘यस्तो कार्यक्रमले थुनामुक्त भएपछि पुनस्थापनाको बाटो खोजिरहेकालाई सहज हुनेछ। एएफसी र सेल्टर नेपालले यस्तो खाले कार्यक्रम अन्य जिल्लाहरुमा गर्न पनि आवश्यक छ,’ लिङ्देनले भने।
यस्तै एन्फाका उपाध्यक्ष दावा लामाले फुटबलको माध्यमबाट नै पुनस्थापना हुने पाटो आफ्नो लागि निकै सहारनिय भएको बताए। आगामी दिनमा सेल्टर नेपाल र एएफसीसँग एन्फाले सहकार्य गरेर जाने दावाले बताएका छन्।
‘कैदी जीवन सबैका लागि कष्टकर नै हुन्छ। अझ थुना मुक्त भएपछिको जीनव झनै अन्योलमा हुन्छ। यसलाई पुनस्थापना गर्ने पाटो बनेको छ। थुना मुक्त हुने विक्तिकै सबै राम्रो बाटोमा हुनेछन्,’ लामाले भने।
त्यस्तै एएफसीकी सुरक्षा प्रवन्धक कोह एन सिनले नेपालमा भएको यो नालौं कार्यले आफूलाई निकै खुसि तुल्याएको बताइन्। उनले आगामी दिनमा पनि नेपालमा एएफसीले यस्तो खाले कार्यक्रम ल्याउनेमा विश्वास दिलाइन्।
सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले कैदी बन्दीहरुमा यो किसिमको उत्साह देख्दा आफूहरुले गरेको कार्य सफल भएको अनुभुती भइरहेको बताइन्। उनले नेपाल सरकारको साथ र सहयोग भएमा अन्य जिल्लाहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न आफूहरु तयार रहेको बताइन्।


