काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रणबहादुर रावलले विदेशी नागरिकता लिएकाहरू चर्का राष्ट्रवादी बनेको टिप्पणी गरेका छन्। बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता रावलले यस्तो धारणा राखेका हुन्।
‘नेपालमा भन्दा बाहिर राष्ट्रवाद चर्किएको छ। विदेशी नागरिकता लिएकाहरु झन चर्का राष्ट्रवादी भएका छन्। उनीहरुका कारण हामीलाई गाह्रो भइरहेको छ,’ उनले भने।
राम्रा मान्छेलाई धराशायी बनाउने र खराब मान्छेलाई अघि ल्याउने काम भइरहेको उनको बरोप छ। सामाजिक सञ्जालमार्फत् लागेको आगो सामाजिक सञ्जाल मार्फत नै निभाउनुपर्ने उनको भनाइ छ। उनले पार्टीमा आन्तरिक रूपमा झगडा गरेपनि सामाजिक सञ्जालमा छताछुल्ल पार्न नहुने धारणा राखेका थिए।


