काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको पनि विकल्प खोजिने बताएकी छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेतृ खतिवडाले दायरा फराकिलो नबनाए महामन्त्रीको विकल्प खोजिने चेतावनी दिएकी हुन्।
‘तपाईँहरुले जसरी सभापतिको विकल्प खोज्छु भन्दै हुनुहुन्छ। तपाईँहरुको विकल्प पनि हामीले खोज्नुपर्छ। सभापति संस्थाा हो,’ उनले भनिन्, ‘सभापति खराब र हामी असल हौं भन्ने दाबी तपाईँहरुले गर्नुभएको छ। त्यो हाँस्यास्पद छ। महामन्त्रीज्यूहरु सभापतिसँगै उभिन जरुरी छ।’
कांग्रेसको नेता अभियोग लागेर पक्राउ पर्दा कांग्रेसका नेता गृहमन्त्रीलाई धन्यवाद दिन पुगेकोमा उनको दुखेसो थियो। ‘के कारणले हो? थाहा छैन। त्यही प्रकृतिको आरोप अर्को दलको नेतालाई लाग्दा उहाँहरु बोल्नुहुन्न। कांग्रेस कानूनी सर्वोच्चतालाई मान्छ। कांग्रेसका कार्यकर्ताले पनि मान्नुपर्छ,’ उनले भने।


