काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले गाँउमा पनि भ्रष्टचार बढेको बढेकाले भ्रष्टहरूका बारेमा सोच्न महामन्त्रीलाई आग्रह गरेका छन्। अहिले कांग्रेसले विश्वास गुमाएको बताएका उनले कांग्रेस निष्कृय हुँदा जनतामा निराशा बढेको बताए।
‘अहिले पुच्छरले कुकर हल्लाइरहेको छ। स्थानीय तहमा जितेकाहरुले पार्टीको वास्ता नगरेको भन्ने गुनासो छ,’ उनले भने, ‘सबै तहका संगठन निष्क्रिय छन्। बैठक समेत बस्दैन। साथिहरुबीच छलफल हराएको छ। यसलाई सक्रिय कसरी बनाउने हो?’
कांग्रेस गुटका कारणले विभाजित भएकाले कांग्रेस कांग्रेसजस्तो बन्न नसकेको बताए। ‘हाम्रो पार्टीमा कार्यकर्ता छैन,नेतैनेता छन्। अहिले कांग्रेस सक्ने परम्परा छ,’ उनले भने, ‘एकथरीले नेताहरुलाई गाली गरिरहेका छन्, हामी काखी बजाएर बसेका छौं। काखी बजाउने काम नगरौं। सत्यतथ्यमा रहेर प्रतिकार गर्नुपर्छ।’
