काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताएका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका तथा साधारणसभामा शुभकामना मन्तव्य दिँदै थाापाले यस्तो बताएका हुन्।
सरकारले विधिको शासनको परिपालन गरिरहेको छ/छैन भन्नेमा सञ्चार माध्यम सचेत हुनुपर्ने उनको भनाइ छ। ‘सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो। नेताहरुमा प्रतिपक्षमा रहँदा बेठिक लागेका कुरालाई सरकारमा रहँदा ठीक ठान्ने प्रवृत्ति हुन्छ,’ उनले भने, ‘यसका लागि सञ्चारमाध्यमले सधैँ प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्छ।’
अभिवृद्धि स्वतन्त्रतालाई खुला पनि राख्दै दुरुपयोग हुन नदिन पनि मिलेर काम गर्नुपर्ने उनको धारणा छ। ‘समुदायलाई सही सूचना दिने दायित्व सामुदायिक रेडियोको हो। यसका लागि सामुदायिक रेडियोसँग धेरै स्पेस छ,’ उनको भनाइ थियो।
महामन्त्री थापाले आफूसँग रेडियोमा काम गरेको अनुभव भएको बताउँदै रेडियोका साथीहरूले बोलाएपछि महत्व दिएर कार्यक्रममा बोलिदिने गरेको बताए।


