२०८३ कार्तिक १३ गते बिहिबार

महिला विश्वकपमा अमेरिकालाई रोक्न सक्ने को?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
us_women_football11

अमेरिका महिला विश्वकपको प्रमुख दाबेदार टिम हो, साविक विजेतासमेत रहेको उसले चार पटक उपाधि जितिसकेको छ।

बास्केटबलमा माइकल जोर्डन जोर्डन्। बक्सिङमा मोहम्मद अली, स्विमिङमा माइकल फेल्पस। स्प्रिन्टिङमा उसैन बोल्ट। स्पेनिस फुटबलमा पेप ग्वार्डिओला। च्याम्पियन्स लिगमा रियल मड्रिड। लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र पेलेको फुटबल। यि त्यस्ता टिम वा खेलाडी हुन जसले आफ्नो कालभरी खेल क्षेत्रमा प्रभुत्व जमाइरहे। र त्यस्तो पात्र बने जसलाई अरु कुनै पनि प्रोफेसनलसँग तुलना गर्नै सकिँदैन, उनीहरुको उपलब्धि समग्र खेलकुदमा सबैभन्दा माथि छन्।

उनीहरुले त्यस्तो जादु गरे जो भविष्यमा सायदै कसैले गर्न सक्नेछ। उनीहरुले मेडल जिते, गोल गरेर ट्रफी उचाले। अनि इतिहासमा कालजयी बने। यस्तो तालिकामा एक नाम कतै छुटेको छ भने त्यो हो अमेरीकी महिला फुटबल टिम। अन्तर्राष्ट्रिय महिला फुटबलमा अमेरिकाको जस्तो कौशल र शक्ति आजसम्म कसैले पनि देखाउन सकेको छैन।

त्यसैले त हो उसले चार पटकको विश्वविजेता भनेर आफ्नो नाम लेखाउन सफल भएको। महिला खेलकुदमा यो टिमलाई आईकनका रुपमा लिन सकिन्छ किनभने यो टिम नै त्यति धेरै शृंगारिक छ। उसका जितसमेत अन्तहिन छन्। फिल्डमा र फिल्डबाहिर नै विश्व फुटबलमा यो टिम अग्रगामी छ।

अहिले अमेरिकाको मिडियाहरुले उसको न्युजिल्यान्ड अस्ट्रेलियाको यात्रा नै ‘थ्री–पिट’ रहेको भन्दै व्याख्या गरेका छन् जसको अर्थ हुन्छ तीन र दोहोर्‍याउनु (थ्री रिपिट)। अहिले अमेरिकामा यो संख्यालाई यसरी लिइएको छ। अमेरिकाले अब लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने दाउ राखेको छ। उसले मेडल त जितेकै छ।

सन् १९९१ बाट सुरु भएको विश्वकपको लागि अमेरिकी टिमबारे यति मात्र इतिहास पनि उनकै चाखलाग्दो रहेको छ। पहिलो विश्वकपयता उसले कसरी विश्वकपमा प्रभुत्व जमाइरहेको छ भन्ने उसको तथ्यांकले नै पनि देखाउँछ। अहिलेसम्म मानसिक रुपमा निकै तयार भएको अमेरिकाको सफलताको दर नै ५० प्रतिशतभन्दा धेरै छ।

हो, विश्वकपका कुल उपाधिमध्ये ५० प्रतिशत अमेरिकाले मात्र जितेको छ। फुटबलको इतिहासमा उसले एक पटक पनि विश्वकप र एक ओलम्पिक खेल गुमाएको छैन। फाइनलमा एक पटक मात्र हार व्यहोरेको छ। तीन पटक तेस्रो भएको छ। कुनै पनि देशको टिमको लागि यो कुरा कति गर्वको लाग्छ? त्यो अमेरिकी फुटबल समर्थकबाहेक सायदै कसैले भेउ पाउला।

The US Women's National Soccer Team seeks its fifth crown

अमेरिकाको लागि एउटा मात्र त्यस्तो दिन छ जहाँ उसले क्वार्टरफाइनलमा हारेको होस्। त्यो हो रियो ओलम्पिक २०१६। ‘जब अमेरीकी टिमले सन् १९८५ मा अन्तर्राष्ट्रिय खेल खेल्न थाल्यो, तब उसको महिला फुटबल यात्राको नयाँ अध्याय सुरु भयो र हामीले खेलकुदको मानक टिम नै अमेरिकलाई बनायौँ, हामीले ग्राउन्डवर्क राम्रो गर्ने अवसर पयौँ,’ दुई पटकको विश्वविजेता र गोलकिपर एलयासले अमेरीकि टिमको दोस्रो पत्रकार सम्मेलनमा भनेकी छन्।

उनी अगाडि भन्छिन्, ‘खेलाडीको अघिल्लो पुस्ताले सुरुआत गरे र अहिले हाम्रो दायित्व हो कि अमेरीकी महिला टिमको माइन्डसेटलाई कायम राखौं।’

उनले भनेको माइन्डसेट मतलव जित, जो अधिकांश अमेरीकी आफ्नो टिमले अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि जित गरोस् भन्ने चाहन्छन्। फिफाको विश्व वरीयतामा नम्बर एकमा पछिल्लो १३ वर्षदेखि कायम रहेको टिमले जितबाहेक के सोच्छ होला र? फेरी एकपटक विश्वकप जित्ने। सायद यो विश्वकपमा धेरैले अमेरिकामाथि दाउ रोमाञ्चकता साथ खेल्नेछन्।

तर यस्तो आशालाई परबाट नियाल्दा खेलाडीलाई विरलै त्यस्तो अवसर मिल्छ जहाँ दबाबलाई आफ्नो फाइदामा परिवर्तन गर्न सकिन्छ। र, यो विश्वकप त्यस्तो क्षण हो जसले उनीहरुलाई संसारभरि जाज्वल्यमान हुन सहयोग गर्दछ।

‘तपाईँ सँधै शीर्षस्थानमा रहन चाहनुहुन्छ, तपाईँ उत्कृष्ट टिममा रहन चाहनुहुन्छ। त्यो समयमा यो कुरा निकै गाह्रो पक्कै हुन्छ। तर यो टिमले इतिहासमा पनि त्यस्तो समयलाई निकै चलाखीपूर्वक नियन्त्रण गरेको छ र त्यस्मा कायम छ,’ विश्वकपको पूर्वसन्ध्यामा कृष्टि मेविजले भनेकी छन्।

अमेरिकाले पहिलो खेलमा शनिबार अपराह्न भियतनामसँग खेलेर आफ्नो खेल सुरु गर्दैछ। ‘हामी यो विश्वकपमा पनि पहिलेको यात्रालाई जारी राख्नेछौं,’ उनले भनिन्।

त्यो दिन सन् २०२३ को दक्षिण पूर्वी च्याम्पियनले पहिलो खेलमा साविक विजेताको सामना गर्नेछ। यो त्यही भियतनाम हो जसले केही महिना अघि ओलम्पिक छनोटको खेलमा नेपाललाई दुई खेलमा हराएको थियो। तर पछिल्लो महिला विश्वकपमा अमेरिकाले थाइल्यान्डलाई १३–० गोलअन्तरले हराएको थियो। त्यो अहिलेसम्मको विश्वकपमा सबैभन्दा धेरै गोल भएको खेलसमेत हो।

त्यसैले अहिले यो टिमलाई रोक्नको लागि केही ठूलै शक्ति आवश्यक छ।

मार्काबाट

प्रकाशित: २०८० साउन ४ गते बिहिबार ०३:१२
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना