काठमाडौं – फिफा महिला विश्वकपको दोस्रो दिनको पहिलो खेलमा अफ्रिकन च्याम्पियन नाइजेरियाले उत्तर अमेरीकी टिम क्यानडासँग गोलरहित बराबरी खेलेको छ।
मेलबर्नको रेक्टेन्गुलर रंगशालामा सम्पन्न भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि समूह बीको यो खेल गोलरहित बराबरीमा रोकिएको हो।
खेलको इन्ज्युरी समयको आठौं मिनेटमा नाइजेपरियाकी देवरह अजिबोलाले क्यानडाकी खेलाडीमाथि फाउल गरेपछि उनले रातो कार्डको सजाय पाएकी थिएन्। सुरुमा पहेंलो कार्ड देखाइएको भए पनि रेफ्रीले भीएआरको रिभ्यू हेरेपछि रातो कार्ड देखाएका थिए।
शुक्रबारको पहिलो खेल बराबरी भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका छन्। यो खेलसँगै नाइजेरियाले विश्वकपमा तीन भेटमा क्यानडासँग कहिल्यै हार बेहोरेको छैन।
तर उसको २७ विश्वकप खेलमा चार पटक क्लिन सिट राखन सकेको हो। तर नाइजेरियाले विश्वकपमा पहिलो पटक गोलरहित बराबरी खेलेको हो।
विश्वकपको पहिलो दुई खेलमा आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डले जित निकालेका छन्। उनीहरुले क्रमशः आयरल्यान्ड र नर्वेलाई हराएका थिए।
