काठमाडौं – नवौं संस्करणको फिफा महिला विश्वकपमा शुक्रबार स्पेन र स्विट्जरल्यान्डले जित निकालेका छन्। फार्सथ बार रंगशालामा शुक्रबार दिउँसो सम्पन्न भएको खेलमा स्विट्जरल्यान्डले एसियाली टिम फिलिपिन्समाथि २–० को जित निकालेको हो।
स्विट्जरल्यन्डले ७४ प्रतिसत समय बलमा नियन्त्रण बनाएको भए पनि पहिलो गोल गर्न भने पेनाल्टीकै सहारा लिनुपर्यो। बल नियन्त्रण कमजोर भए पनि निकै राम्रो देखिएको फिलिपिनी डिफेन्सलाई चिर्नको लागि स्विट्जरल्यान्ड ६४ औं मिनेटमा मात्र सफल भएको थियो।
विपक्षीको पोस्टतर्फ १७ प्रहार गरेको स्विटजरल्यान्डको लागि रमोना ब्याचमेनले खेलको ४५ औं मिनेटमा गोल गरेर अग्रता दिलाएकी थिइन्। त्यस्तै, खेलको ६४ औं मिनेटमा सेराइना पुवेलाले गोल गरेकी थिइन्। यो जितसँगै समूह एको शीर्षस्थनमो पुगेको स्विट्जरल्यान्डको तीन अंक छ।
समान तीन अंका साथ सहआयोजक न्युजिल्यान्ड दोस्रो स्थानमा छ। समूहमा नर्वे र फिलिपिन्स भने अंकविहिन छन्।
आजै सम्पन्न समूह सीको खेलमा भने स्पेनले कोस्टारिकाविरुद्ध ३–० को जित निकालेको छ। विलिङटन रिजनल रंगशालामा सम्पन्न भएको खेलमा स्पेनले आत्मघाति गोलमा अग्रता बनाउँदै सहज जित निकालेको हो।
स्पेनका लागि आइताना बोनमति र इस्तर गोन्जालेजले गोल गरिन्। तर त्यसपहिले कोस्टारिकाकी भलेरिया डेल क्याम्पोले आत्मघाति गोल गरेकी थिइन्।
८१ प्रतिसत बल पोसेसनको जितसँगै स्विट्जरल्यान्ड समूह सीको तेस्रो स्थानमा रहेको छ।


