काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा हालसम्म १२० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। साउन २ मा सुरु भएको बैठकमा हालसम्मा १२० जना नेताले धारणा राखेको नेपाली कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीका १३ जना पदाधिकारीहरू, १४१ जना केन्द्रीय समिति सदस्य, ७ जना प्रदेश समिति सदस्यहरू आमन्त्रित केन्द्रीय सदस्यका रूपमा सहभागी छन्। शुक्रबार पनि चलेको बैठक शनिबार नबसी आइतबार (साउन ७ गते) बिहान ११ बजे बस्ने सभापति शेरबहादुर देउवाले बैठकलाई जानकारी गराएका हुन्। सोमबार बैठक सक्ने तयारी कांग्रेसको छ।
शक्रबारको बैठकमा ३३ जना नेताले धारणा राखेका थिए। कांग्रेस कार्यालयका अनुसार शुक्रबार केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए।
बिहीबार ३५ जना नेताहरूले बोलेका थिए। बिहीबार केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार के.सी., उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी.ले धारणा राखे। यस्तै आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेका थिए।
साउन ३ गते (बुधबार) ४६ नेताले धारणा राखेका थिए। बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले धारणा राखे।
यस्तैगरी आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आ–आफ्ना धारणा राखेका थिए।
साउन २ गते सुरु भएको बैठकको सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले १० बुँदे प्रस्ताव र सोही प्रस्ताव भित्रको सांगठनिक कार्ययोजना र कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका थिए। बैठकमा मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधिबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराएका थिए।
केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन समितिका संयोजक गोपालमान श्रेष्ठले निर्वाचन समितिको प्रतिवेदन पेस गरेका थिए। यसैगरी, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना र संसदमा पार्टीको गतिविधिसम्बन्धी प्रतिवेदन प्रमुख सचेतक रमेश लेखकले बैठकमा प्रस्तुत गरेका थिए।


