सिन्धुपाल्चोक जिल्लाको चाकुबाट २० किलोमिटर टाढा भोटेकोसी किनारमा जोमभिर छ। वैशाखजेठमा यहाँ नजिकै बस्तीबाट एक समूह आएर भिरमौरीको मह काडिरहेका हुन्छन्। भोटेकोसी गाउँपालिकाका स्थानीयका लागि यो आम्दानीको स्रोत पनि हो।
यसपालि पनि ६/७ जनाको समूह मह काढ्न गएको थियो। भीरमौरीसँग पौठेजोरी खेल्दै मह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ। थोरै मात्र असावधानी भए पनि ज्यानै जान सक्छ।
औषधिजन्य गुण भएका कारण भिरमौरीको महको बजारमा ठूलो माग छ। हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भिरमौरीको मह बिक्री हुने गरेको पाइन्छ।
हरौँ भीरमौरीसँगको पौँठेजोरी




















-नेपाल फोटो लाइब्रेरी


