काठमाडौं – फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) ले प्रि–सिजनको खेलअघि हुने मैत्रीपूर्ण खेलमा खेलाडी केलियन एम्बाप्पेमाथी नैतिक दुर्व्यवहार(उत्पीडन) गरेको आरोप फ्रान्सेली फुटबलर्स युनियनले लगाएको छ। युनियनले यस्तै दुर्व्यवहार कायम रहे कानुनी उपचार खोज्ने समेतको चेनावनी दिएको छ।
पिएसजीका सर्वाधिक गोलकर्ताले यसअघि नै भनिसकेका छन् कि उनले अब सम्झौता नविकरण गर्ने छैनन्। पिएसजी र उनको सम्झौता आउँदो १२ महिनामा सकिँदैछ। त्यस बेलासम्म पनि उनले नविकरण नगरे उनलाई क्लबले सित्तैमा अर्को क्लबमा जानको लागि उपलब्ध गराउनु पर्ने हुन्छ। बेच्दा ठूलो पैसा आउने एम्बाप्पेलाई पिएसजी सित्तैमा छोड्न चहाँदैन।
क्लबका मालिक नासर अल खिलाफीले भनेका छन, ‘सन् २०२४ मा एम्बाप्पे स्वतन्त्र रुपमा अर्को क्लबमा जान्छन् भन्ने कुरा विश्वास गर्न सकिँदैन।’
यसकारण क्लबले एम्बाप्पेलाई दुईवटा विकल्प दिएको छ – कि, यही फिफा खेलाडी सरुवा बजारमा अर्को क्लब रोज्नु कि सम्झौता नविकरण गर्नु।
तर एम्बाप्पेले क्लबको यो निर्देशनलाई स्विकार गरेका छैनन्। विदा मनाउन आफ्नो पुर्खैली देश क्यामरुनमा गएका एम्बाप्पेले पिएसजीको विरुद्धमा बोलेका थिए। उनलाई अहिले प्रि सिजनको टिममा समावेश गरिएको छैन। प्रि सिजनमा पिएसजीको टिम जापान र दक्षिण कोरियाको भ्रमणमा छ।
यदि एम्बाप्पेले पिएसजीले भनेको नमाने उनलाई यो सिजनभरी बेञ्चमा राख्ने योजना क्लबले बनाएको हल्ला फुटबलमा चलेको छ। अहिले २४ वर्ष पुगेका एम्बाप्पे यो सिजनको समाप्तिसम्म मात्र क्लबमा रहन चहान्छन्। उनलाई पिएसजीले मोनाकोबाट ल्याउनका लागि १६५ मिलियन पाउन्ड खर्च गरेको थियो।
‘सबै खेलाडीले उस्तै कामको अवसरमा एकनासले खुसियाली साटासाट गर्न पाउनु पर्छ। बाँकी कामहरुमा पनि यस्तै व्यवहार गरिन्छ,’ भ्रमणमा एम्बापेलाई नराखेको विषयलाई अंकित गर्दै प्रोफेसनल फुटबलर्सको नेसनल युनियनले भनेको छ।
‘युनियनलाई लाग्छ कि कामदारको काम गर्न सक्ने अवस्थालाई विग्रने गरि व्यवस्थापकले दबाबमा राख्नु साथै उनीहरुलाई कुनै कुनै कुरा स्विकार वा अस्विकार गर्नको लागि बाध्य पार्नु नैतिक दुव्र्यवहार हो यो फ्रान्सको नियमले बताएको छ,’ युनियनले सूचनामा लेखेको छ।
साथै उसले क्लबले एम्बाप्पेमाथि गरेको यस्तो व्यवहारको लागि युनियनसँग कानुनी उपचार खोज्ने अधिकार पनि रहेको उसले स्पष्ट पारेको छ। उसले नागरिन र फैजदारी कार्यका लागि उचार खोज्ने पनि बताएको छ।
पिएसजीमा अनुबन्ध भएपछि एम्बाप्पले क्लबका महत्वपूर्ण सदस्य मध्येका पर्दछन्। उनले अहिलेसम्म २६० खेलमा २१२ खेल खेलेका छन्। उनले पछिल्ला पाँच लिग उपाधि दिलाउनका लागि पिएसजीलाई सहयोग गरेका छन् भने एक पटक गोल्डन बुट पनि जितेका छन्।
एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउन सहयोग पनि गरेका थिए। तर अघिल्लो वर्ष भएको विश्वकपमा भने उनको टिमले फाइनलमा अर्जेन्टिनासँग हार बेहोरेको थियो। यद्यपी उनले फाइनल खेलमा ह्याट्रिक गरेका थिए।
पछिल्लो वर्षको अनितममा रियल मड्रिडमा अनुबन्ध हुने विश्वास गरिएको थियो। तर आश्चर्यजनक रुपमा उनले पिएसजीसँग दुई वर्षको सम्झौता नविकरण गरेका थिए। तर अब उनले सम्झौता नविकरण गर्न नमानेपछि उनलाई क्लबले टिममा नसमेटेको हो।
अहिले पिएसजीमा प्रशिक्षक पनि परिवर्तन भएका छन्। क्रिस्टोफर गाल्टियरको ठाउँमा अहिले बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिकेले टिम सम्हाल्ने छन्।


