काठमाडौं – नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।
नासिरले फुकुओकामा भएको प्रतियोगितामा राष्ट्रिय कीर्तिमान सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका हुन्।
नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८ मिनेट २३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन्। यस अघि नासिरको नाममा ४ मिनट १२ दशमलव १७ सेकेन्ड समयमो किर्तिमान कायम थियो। नासिरले उक्त किर्तिमान आषाढमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन्।
अव भोली नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन्।


