२०८३ साउन १३ गते बुधबार

दक्ष जनशक्ति विकासमा अब्बल बन्दैछ युनिग्लोब कलेज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ८
uniglobe

काठमाडौँ- उत्कृष्ट नतिजाका कारण युनिग्लोब कलेजले विद्यार्थीहरूलाई आकर्षण गरिरहेको छ। २०७१ सालमा स्थापना भएको कलेजको नतिजा उत्कृष्ट हुनुमा शिक्षा गुणस्तरीय त छ नै, यहाँ पढेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा आफूलाई अब्बल जनशक्तिका रूपमा समेत विकास गर्दै गइरहेका छन्।

यनिग्लोबले १०+२ मा विज्ञान, व्यवस्थापन र कानुनका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। दक्ष शिक्षकबाट पठनपाठमा गराउँदै आएको कलेजले अन्तर्राष्ट्रियस्तरमा उच्च माग भएका विज्ञान, व्यवस्थापन र कानुन संकायमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

१०+२ का कक्षामा माध्यमिक तहअन्तर्गतको पाठ्यक्रममा मात्र आधारित भएर शिक्षा प्रदान गर्नुका साथै विद्यालय तह पछि कानुन, व्यवस्थापन, चिकित्सा विज्ञान, इन्जिनियरिङ र सूचना प्रविधिलगायतका विषयमा विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट शिक्षा प्रदान गर्नसमेत सहयोग गर्दै आएको छ।

प्लसटु साइन्स विषयमा ६०० जनाको सिट क्षमता रहेको कलेजले यो संकायमा आउन विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा रहेको बताएको छ। विद्यार्थीको उच्च चाप भएका कारण कलेजले प्रवेश परीक्षा लिने गरेको छ।

विज्ञान विषय अन्तर्गत अनिवार्य विषयमा अङग्रेजी, नेपाली, फिजिक्स, गणित, क्यामेस्ट्री, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन रहेका छन्। त्यस्तै कक्षा १२ मा यी बाहेक बायोजोजी र कम्युटर साइन्सलाई वैकल्पिक विषयमा राखिएको छ। उक्त दुई विषयमध्ये एक विषय छनौट गर्नुपर्ने विकल्प कलेजले दिएको छ।

विज्ञान विषय पढ्ने विद्यार्थीहरुले गर्ने अनुसन्धान र प्रयोगका लागि अत्याधुनिक प्रविधियुक्त ल्याबको व्यवस्था पनि गरिएको छ। जसले विद्यार्थीलाई प्राक्टिकलमा बढी केन्द्रित गराएको छ। यसले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यासमा बढी जोड गरेको कलेज व्यवस्थापनले जनाएको छ।

May be an image of 2 people, crowd and text that says 'Uniglobe S/College best Kamaladi together'

कलेजमा विद्यार्थी।

विज्ञानमा संकायमा जस्तै व्यवस्थापनमा पनि ६०० सिट क्षमता कलेजसँग छ। व्यवस्थापनको कक्षा ११ मा अंग्रेजी, नेपाली, गणित, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एकजुकेसन र लेखा विषयको अध्यापन गराइन्छ। ११ पहिलो ऐच्छिक विषयका रुपमा अर्थशास्त्र, ट्राभल एन्ड माउन्टरिङ स्टडिज तथा दोस्रो ऐच्छिक विषयमा विजनेस स्टडिज, कम्युटर साइन्स, बिजनेस गणित र होटल व्यवस्थापन रहेका छन्।
यस्तै कानुन पढ्ने विद्यार्थीका लागि किताबी ज्ञानसँगै कानुन सम्बन्धी व्यावहारिक ज्ञानमा कलेजले जोड दिँदै आएको छ। विद्यार्थीलाई फिल्ड भिजिट र अदालतको बहसमा सहभागी गराउने प्रबन्ध कलेजले मिलाएको छ।

कानुन पढ्न चाहने विद्यार्थीहरुले कक्षा ११ मा अंग्रेजी, नेपाली, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन, जुरिस्प्रिडेन्स एन्ड लिगल थ्योरी, प्रोस्युडरल ल र कन्स्टिच्युसनल ल रहेका छन्।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन कलेजले ग्रुप वर्क, प्रोजेक्ट वर्क, प्रिजेन्टेसन, काउन्सिलिङ, टेक्नो ल्याब, रिसर्च वर्क, फिल्ड भिजिट, प्राक्टिकल एक्जामिनेसन, सोसल वर्क, स्टुडेन्ट पब्लिकेसन, मूल्यांकनलगायतका पद्धतिमा आधारित रहेर पठनपाठनमा जोड दिने गरेको कलेका प्रिन्सिपल डा खगेन्द्र पी ओझाले बताए। उचित शिक्षण विधि र उपयुक्त शैक्षिक वातावरण निर्माणका लागि शिक्षक छनोटमा ध्यान दिने गरिएको कलेजको दाबी छ।

विद्यार्थीको चाहनाअनुसार शिक्षण विधि
‘ब्रिङ्गिङ द वेस्ट टुगेदर’ भन्ने नारामा अडिग कलेजले विद्यार्थीको रुचिअनुसारको शैक्षिक सामग्री, भौतिक संचरना र शिक्षण विधि अवलम्बन गर्दै आएको छ। यहाँ अध्ययन गरेका विद्यार्थी छोटो समयमा नै देशका विभिन्न प्रतिष्ठित कम्पनी र संस्थामा आवद्ध् भई नेतृत्वदायी भमिकामा पुग्न सफल हुनु कलेजका लागि खुशीको कुरा भएको प्रबन्ध निर्देशक द्रोणलाल पुरीले बताए। छोटो समयमा नै यस कलेजले विद्यार्थी माझ उत्कृष्ट छाप छोड्न सफल भएको विज्ञान संकायका संयोजक दिल्लीराम उप्रेतीको भनाइ छ।

‘कलेजले विद्यार्थीहरूका कमीकमजोरी नजिकबाट नियाल्ने गरेको छ । हामीले व्यक्तिगत हेरचाहलाई बढी दिने गरेकाले विद्यार्थीको सिकाइ मुख्य प्राथमिकतामा राखेका छौं। यसैले हामीलाई सफल बताएको छ,’ उप्रेतीले भने ।

May be an image of one or more people, crowd and text

कलेजमा गुरुपूर्णिमाका दिन आयोजित कार्यक्रम।

युनिग्लोबले अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकतामा राखेको छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले कलेजको कुनै न कुनै अतिरिक्त क्रियाकलापमा सहभागी हुनै पर्छ। जसले विद्यार्थीमा नेतृत्व क्षमताको विकास गर्छ।

गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
युनिग्लोब कलेजले कक्षा ११ मा पढ्ने १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन गरेको छ। कलेजले यस्ता विद्यार्थीलाई कक्षा ११ मात्रै होइन, कक्षा १२ पनि छात्रवृत्ति दिने गरेको छ। अब्बल नतिजा ल्याउने विद्यार्थीको छात्रवृत्तिमा निरन्तरता दिइने र कमजोर विद्यार्थीको कटौती गर्ने अन्य कलेजले गर्दै आएका छन्। ‘कलेजले कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थीलाई कक्षा १२ मा पनि निरन्तररुपमा छात्रवृत्ति प्रदान गर्ने गरेको छ,’ प्रिन्सिपल ओझाले बताए।

पढाइमा राम्रो गर्नेलाई मात्रै नभएर अतिरिक्त क्रियाकलमा उत्कृष्ट विद्यार्थीले कक्षा १२ थप छात्रवृत्ति पाउने गरेको व्यवस्थापन तथा ल कानुन संकायका कार्यक्रम कोर्डिनेटर शेखर अधिकारीको भनाइ छ। ‘कक्षा ११ मा गरिब, जेहेनदार, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, पिछडिएको क्षेत्र लगायतका सरकारले तोकेको मापदण्डअनुसार नै छात्रवृत्तिको कोटा निर्धारण हुँदै आएको छ,’ अधिकारीले बताए।

आधुनिक भौतिक संरचना
यस कलेजको बाहिरी संररचना मात्रै नभएर भित्री संरचना समेत राम्रो रहेको छ। बाहिरबाट झट्ट हेर्दा युनिग्लोब कलेजको संरचना भव्य देखिन्छ। ठुलाठुला भवन, ठुलो खेल मैदानले विद्यार्थीलाई लोभ्याउने गरेको छ। बाहिरी संरचना जस्तै कलेजको भित्रि संरचना पनि राम्रो रहेको छ। सबै संकायमा पढ्ने विद्यार्थीका लागि अध्याधुनिक ल्यावको व्यवस्था छ। यसैगरी विद्यार्थीले अध्ययन गर्नका लागि आकर्षक लाइवेर्रीको व्यवस्था छ।

टाढाबाट आउने विद्यार्थीका लागि होस्टेल, स्कुल बसलगायतका व्यवस्था कलेजले गरेको छ।

नेतृत्व र जीवनपर्यन्त शिक्षामा जोड
यस कलेजमा पढ्ने विद्यार्थी नेतृत्वदायी भुमिका रहनुपर्नेमा जोड दिने गरिएको छ। नेपालभित्र वा प्रवासमा यस कलेजमा अध्ययन गरेका सबै विद्यार्थी नेतृत्वमा पुगेको कलेजको दावी छ। नेपाल बाहिर अमेरिका, क्यानडा, अस्ट्रेलिया जस्ता देशका प्रसिद्ध विश्वविद्यालयमा काम गर्दै आएका र विभिन्न लिडरसिप पोजिसनमा पुगेका प्रशस्त रहेको कलेजले ठोकुवा गरेको छ।

यस कलेजमा अध्ययन गर्न अवसर पाएकाले विद्यार्थीले कितावी ज्ञान मात्रै भएर जिवनपर्यन्त लागु हुने व्यवहारिक ज्ञान पनि प्राप्त गरेको कलेजको भनाई छ। युनिग्लोबले विश्वस्तरीय, अनुसन्धान, विज्ञान, व्यवस्थापन, कानुन र करियरलाई प्राथमिकतामा राखेको छ।

युनिग्लोबले भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता, डाक्टर, इन्जिनियर, पाइलट, मेडिकल डाक्टर, दक्ष प्राविधिक, व्यावसायिक उद्यमी, व्यवस्थापक, कानुनी रूपमा सम्भावित व्यक्तिहरूलाई दक्ष बनाउनका लागि आवश्यक शैक्षिक वातावरण निर्माण गर्दै आएको छ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विश्वस्तरीय विज्ञ, व्यवसायी र सक्षम नागरिक निर्माण गरी मानव समाजका लागि आआफ्ना ठाउँबाट योगदान गर्न सक्षक्ष जनशक्ति निर्माण गर्ने उद्देश्य लिएको छ। युनिग्लोबले स्किल फेस्टिभल, एल्मुनाई मिट, फुटसल प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २०८० साउन ८ गते सोमबार ०१:२४
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना