२०८३ कार्तिक १३ गते बिहिबार

को हुन् विश्वकप डेब्युमा ह्याट्रिक गर्ने पहिलो ब्राजिली महिला ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
FIFA Women’s World Cup Australia and New Zealand 2023 – Group F – Brazil v Panama

काठमाडौं – फिफा महिला विश्वकप फुटबलमामा ब्राजिलले आफ्नै स्टाइलको सुरुआत गरेको छ। आट्याकिङ मिडफिल्डरसमेत रहेकी इरी बोर्गेसले पहिलो खेलमै ह्याट्रिक गरेपछि विश्व फुटबलमा ब्राजिलको चर्चा चुलिएको छ। फुटबल इतिहासमा आफ्नो विशेष परिचय बनाएको ब्राजिलका केही विशेष गुणहरु छन्।

पुरुष विश्वकप फुटबलको सर्वाधिक विजेतासमेत रहेको ब्राजिलले महिला विश्वकप चाहिँ अहिलेसम्म जित्न सकेको छैन। तर बोर्गेसको ह्याट्रिक र विश्वकपमा डेब्युटान पानामाविरुद्धको जितले ब्राजिललाई यो वर्ष निकै अघि पुर्याउने संकेत गरेको छ।

निश्चय पनि बार्गेस यो विश्पकपको गोल्डेन बुटको दौडमा प्रवेश गरिसकेकी छन्। आखिर विश्वकपमा सर्वाधिक गोल(१७ गोल) गर्ने खेलाडी मार्टा पनि ब्राजिलकै परिन् र ति खेलाडीले पाँच विश्वकप खेल्ने कीर्तिमा बनाइन्।

पालमेरिजबाट घरेलु फुटबल खेलेकी बोर्गेसका नाममा अहिले आधादर्जन उपाधि छन्। त्यसमध्ये पनि ब्राजिलियो फेमेनियो, कोपा पौलिस्टा, कोपा लिब्राटार्डोस डा अमेरिका र कोपा अमेरिका हुन्।

ब्राजिली यि २३ वर्षे स्टार फुटबलर भविष्यकै सुन्दर खेलाडीको रुपमा स्थापित भइरहेकी छन्। ब्राजिली समर्थकलाई अझै रोमाञ्चक बनाउने तथ्य त के हो भने उनको यो विश्वकप डेब्यु थियो। र, डेब्यूमै ह्याट्रिक गरेकी थिइन्।

पानामाविरुद्ध १९ औं मिनेटमा डेबिन्हाले मैदानको बायाँ साइडबाट निकै लामो र अग्लो क्रस गरेकी थिइन्। बोर्गेसले त्यसलाई हेडरमार्फत् पोस्टमा छिराइदिइन्। पानामाकी गोलकिपर किंकर्तव्यविमुढ बनिन्। हेर्दा लाग्छ त्यो क्षण बोर्गेसको लागि भावनात्मक पल रह्यो। उनले डेब्यु गोलको खुसी थाम्न सकिनन् र पेनाल्टी बक्सभित्रै आँशु झारिदिइन्। ब्राजिलका बाँकी खेलाडीले उनलाई सम्हाल्नु परेको थियो।

उनले दोस्रो गोल पहिलो हाफमै निकालिन्। खेलको ३९ औं मिनेटमा डेबिन्हा निकै दबाबमा रहेकै अवस्थामा पनि उसैगरी क्रस गरिन्। यो पटक बोर्गेसले हेडर त गरिन् तर गोलकिपर येनिथ बइलेले मुश्किलले बचाइन्। बचाएको बललाई येनिथले नियन्त्रण गर्न नसकेपछि बोर्गेसले दायाँ खुट्टाले प्रहार गर्दै बललाई जाली चुमाइदिइन्।

त्यो गोलमा उनको सेलिब्रेसन भने ‘क्लासिक ब्राजिली’ रह्यो। बोर्गेसको दुई गोलसँगै ब्राजिलले आफ्नो खातामा ३–० को अग्रता बनाएर सहज अवस्थामा पुगिसकेको थियो। खेलको ४८ औं मिनेटमा उनले पोस्टअघि नै बल पाए पनि आफैंले प्रहार गरिनन् र पछाडी रहेकी बेयट्रिज जोआलाई बल पास दिइन्। अन्ततः उनको खातामा दुई गोल र एक एसिस्ट भयो।

फुटबलको साम्बा शैली देखेर हुर्किएका र युरोपेली फुटबलमा कौशलता भरेर खेलिरहेका दक्षिण अमेरिकी आक्रोष रोकिएन। बोर्गेसले अर्को गोल तब थपिन जतिबेला खेल ७० औं मिनेटमा चलिरहेको थियो। गएजको पासमा उनले गोलकिपरलाई नटमेग गरिदिइन्। यसपटक पनि उनको प्रहार भने हेडर नै थियो। ब्राजिलका लागि यो अर्को गर्वको पल थियो। उनको विश्वकप डेब्यु त थियो नै त्यसमाथि विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा कम उमेरकी ब्राजिली खेलाडी बनेकी थिइन्। साथै डेब्यूमै ह्याट्रीक गर्नेको तालिकामा भने उनी विश्वकै पाँचौ खेलाडी हुन्।

यसअघि इटालीकी केरोलिना मोरेस, नर्वेकी क्रिस्टिन सान्डबर्ग, जापानकी मियो ओतानी र क्यामरुनकी गएल्ली इन्गानामोइटले डेब्यू ह्याट्रिक गरेका थिए।

ब्राजिलकी कीर्तिमानी बनेकी यि खेलाडी सन् १९९९ मा साओ लुइसमा जन्मिएकी थिइन्। उनका बाबुआमा साओ पाउलो बसाईं सरेका थिए। यो करिब १३ वर्षअघिको कुरा हो।

साओ पाउलोस्थित सान्तोसको एकेडेमीबाट फुटबल यात्रा सुरु गरेकी उनी त्यस्तो खेलाडी थिइन जसलाई केटाको टिममा पनि खेल्ने सुविधा थियो। त्यो एकेडेमीमा राम्रा केही खेलाडीलाई मात्र केटाहरुसँग राखेर खेलाइन्थ्यो।

उनका पिताले केटासँग खेल्दा घाइते भए पनि त्यसको खर्च आफैं व्यहोर्ने भन्दै एकेडेमीसँग सम्झौता गरेका थिए। त्यहाँ एक वर्ष खेलपछि उनी सेन्ट्रो ओलम्पिकोमा गइन्। ११ वर्षकै उमेरमा यू १५ को टिममा परिन्।

सन् २०१९ मा साओ पाउलो रिफर्म हुनुभन्दा पहिले उनले दक्षिणी क्षेत्रको स्पोर्टस् रेसिफीबाट व्यवसायिक फुटबल खेल्न थालिसकेकी थिइन्। उनको टिम त्यही वर्ष शीर्ष डिभिजनमा फर्किएको थियो, जहाँ बोर्गेसको भूमिका निकै महत्वपूर्ण थियो।

एक वर्षमै उनले पाल्मेरिजबाट राम्रो अफर पाइन्। त्यसबेला उनले साओ पाउलो छोड्नु परेकोमा उनको त्यो क्लब निकै दुखी थियो। गत वर्ष उनलाई अमेरिकी क्लब रेसिङ लुईविसलिल्लेले अनुबन्ध गरेको थियो।

क्लब फुटबलसँगै उनले ब्राजिलबाट पनि उमेर समूहको दक्षिण अमेरिकी महिला च्याम्पियनसिप र महिला विश्वकप खेलिसकेकी छन्। उनलाई तीन वर्षअघिको सेप्टेम्बरमा सिनियर टिममा पहिलो कल आएको थियो। अमिगोमा ब्राजिलले अर्जेन्टिनाविरुद्ध ३–१ को जित निकालेको दिन(१७ सेप्टेम्बर २०२१) उनले सिनियर टिमबाट डेब्यु गरेकी थिइन्। त्यसयता उनी ब्राजिलको टिममा निरन्तर छिन्।

उनले आफ्नो डेब्यु गोल भारतविरुद्ध गरेकी थिइन्। जुन २०२१ मै भएको थियो। अहिले उनी विश्वकपका लागि छानिएकी छन्। र, विश्वकपमा डेब्यु गर्दै ह्याट्रिकसमेत गरिन्। यससँगै राष्ट्रिय टिमबाट उनको गोलसंख्या १० पुगिसकेको छ।

महिला विश्वकपको सबै संस्करण खेल्नेमध्येको एउटा टिम ब्राजिल पनि हो। उसले अहिलेसम्म सबै विश्वकपको ओपनिङ खेलमा हार बेहोरेको छैन। ति सबै ओपनिङ खेलको नतिजा जोड्ने हो भने ब्राजिलको पक्षमा २७–१ को रहेको छ।

प्रकाशित: २०८० साउन ९ गते मङ्गलबार ०४:११
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना