काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बसन्तबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा निुयक्त गर्ने निर्णय गरेको हो।
यसअघि चैत ६ गते मात्र उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका थिए। उनीसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई उक्त पदमा बढुवा भएका थिए।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह चैत १० गते राती अवकाशमा जाने भएपछि सरकारले कुँवरलाई नयाँ आईजीपी बनाएको हो।


