काठमाडौँ– सन् १९७३ मा जितबहादुर केसी एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिलामा पुगेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागितामा मात्र सीमित नेपाली टिमले त्यो पटक केही नयाँ गर्ने सोचेको थियो। त्यसलाई प्रशिक्षक मधु शमशेरले उत्साहमा बदलेका थिए। त्यही उत्साहका साथ म्याराथन धावक केसी त्यहाँ पुगेका थिए। उनले त्यहाँ केही गरेर देखाए- ४२ किलोमिटर खाली खुट्टै दौडिएर कास्य पदक जिते।
शीर्ष र दोस्रो स्थानमा दक्षिण कोरियाका खेलाडी रहेपछि जितबहादुर तेस्रो भए। तैपनि त्यो दिन नेपालका लागि ऐतिहासिक रह्यो। उनले तेस्रो भएर प्राप्त गरेको त्यही पदक नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक जितेको दिन थियो। त्यसअघि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि पदक नेपाली खेलाडीले जितेका थिएनन्। त्यो पदक जितबहादुर केसीका लागि एक खुड्कलो भएपनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पाइला चाल्न सिकाउने गुरु दरिए केसी। उनले दिएको प्रेरणालाई आत्मसात गर्दै आज पनि नेपाली खेलाडी अघि बढिरहेका छन्।
अन्तर्राष्ट्रिय खेलकुदमा पदक जितेका जितबहादुरको त्यो अनुभव नेपालका लागि सबैभन्दा पुरानो हो। तर त्यो पदक सहजै आएको थिएन। अथाह पीडा र वेदनापछि प्राप्त भएको खुशीको पल थियो त्यो। त्यहाँ जुन कुरा भोगे त्यो सायदै कुनै नेपाली खेलाडीले भोगेको हुनुपर्छ।
‘सन् १९७३ को कुरा हो। आजजस्तो सजिलो जमाना कहाँ थियो र उतिबेला,’ धेरै कष्ट गरेर त्यो पदक जितेको हो,’ नेपाल क्लिक्ससँगको कुराकानीमा जितबहादुर सुनाउँछन्।
‘त्यतिबेलाको तयारी चाहिँ कस्तो हुन्थ्यो?’ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘तयारी त के हुनु। थिएन केही पनि। एसो अलि अलि अभ्यास गरेर त गएको।’
उतिबेला खेलाडीका लागि दुई रुपैयाँको डाइट पनि हुँदैन थियो। जितबहादुरलाई डाइटका रुपमा एउटा अण्डा र एक कप दूध दिइन्थ्यो। उतिबेला बजेट नै कति हुन्थ्यो र फेरि खेलाडीमा लगानी गर्नुपर्छ भन्ने चेतना पनि विकास भएकै थिएन? मोटामोटी तीन लाख पाउँथ्यो खेलकुद परिषद्ले। सदस्यसचिवले केके पो दिउन्! दुई ‘रुप्पे’ले महिनामा एक जनाकै ६० रुपैयाँ भइहाल्थ्यो। त्यसैले खेलाडी र प्रशिक्षकलाई बाहिर पठाउने तलब दिने पैसा चाहिँ त्यो तीन लाखबाट हुन्थ्यो।
‘अहिले जस्तो त थिएन उतिबेला। झन् त्यो पञ्चायतकालमा त थिँदै थिएन,’ जितबहादुरले विगतका दुःख सम्झिए, ‘तर शरदचन्द्र शाह (राखेपमा सदस्यसचिव भएर) आएपछि अलिक धेरै काम भयो।’
त्यसबेलाबाट मात्र नेपाली खेलकुद परिवर्तको आश गरिएको हो। वि स २०३४ सालमा शरच्चन्द्र शाहले राखेपको कार्यकारी पद सम्हालेका थिए। उनले पद पाएपछि बल्ल नेपाली खेलकुदले लय समाउन थालेको हो। त्यतिबेला जितबहादुर लगायतको टिमले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर गएर एउटा निर्णय गरेको थियो। त्यतिबेलासम्म नेपाली खेलुकदमा भन्न र देखाउन लायक केही पनि थिएन। सरकारले पैसा दिँदैन थियो।
‘अहिले जस्तो त थिएन उतिबेला। झन् त्यो पञ्चायतकालमा त थिँदै थिएन,’ जितबहादुरले विगतका दुःख सम्झिए, ‘तर शरदचन्द्र शाह (राखेपमा सदस्यसचिव भएर) आएपछि अलिक धेरै काम भयो।’
‘बैठकमा हामीले चुंगीकर लिने निर्णय गरेको हो। अनि वर्षमा ६ लाख जम्मा हुने भयो। सबै कुरामा अहिलेजस्तो महंगो थिएन। त्यति भएपछि अलिकति काम गर्न सकिने भयो,’ उनले भने।
यति भनि रहँदा, अर्को जिज्ञासा पैदा हुन्छ– छनोट चाहिँ कसरी हुन्थ्यो त? जितबहादुर भन्छन्, ‘त्यतिबेला पनि प्रशिक्षक नै नभएको त होइन नि! म पनि छनोट भएरै गएको हो।’ जितबहादुरका अनुसार उतिबेला छनोटमा रंगशालामा दौड हुन्थ्यो। त्यसपछि रंगशालाबाट नागढुंगा, नागढुंगा–रंगशाला दौड हुन्थ्यो। काठमाडौँमा मैदान थिए। टेन्ट लगाएरै गरिएको छनो जितबहादुरले पनि भाग लिएका थिए।
‘मैले पहिलो सन् १९७० मा (छैटौं एसियाली खेलकुद) जाँदा खेरी रंगशालामा २५ राउन्ड हानेर त्यहाँबाट नागढुंगा अनि नागढुंगाबाट रंगशाला दौडिएर छनोट भएको थिएँ। पछि ओलम्पिकमा जाँदा चाहिँ मैले नापेरै पूरा दौडिएको हो। त्यतिबेला भर्खरै साँगा-बनेपाको रुट बनेको थियो,’ जितबहादुरले भने।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागिता जनाउँदै गर्दा मधु शमशेरले पटियालामा र लक्ष्मण समले चाहिँ इजरायलमा प्रशिक्षकको ट्रेनिङ गरेको पाइन्छ। जितबहादुरका प्रशिक्षक यी नै दुई रहे।
त्यस्तै, एक जना अमेरिकाबाट पनि झिकाइएका थिए। सबैले मिस्टर भन्थे। ‘एपोलो १४ चढेको ‘डाक्टर’ थिए, अमेरिकाबाट आएका,’ उनले सम्झिए, ‘मैले दोस्रो ओलम्पिक खेल्दा उनी प्रशिक्षक थिए। उनलाई चाहिँ जासुस हो भनेर ओलम्पिकमा पस्नै थिएनन्। सँगै अर्का प्रशिक्षक थिए। लक्ष्मण शाह। शाहसँगै भएको हामी गएका थियौँ।’
नी देशलाई चिनाउँदै हिँडथे। ‘यो झण्डा नेपाल देशको हो’ भनेर चिनाउँथ्यो उनको टिमले। नेपालको झण्डामा त सूर्यचन्द्रमा थियो नि। उनले भने, ‘धेरैले त चिनेका पनि थिए तर केही नचिनेका रहेछन् तिनीहरुलाई पनि चिनायौँ।’
उनलाई त्यो ओलम्पिकको अनुभव अनौठो लाग्यो। केही नेपाल भन्ने देश छ? भनेर उनलाई सोधे। देशको पहिचान थिएन उतिबेला। ‘हामी हिमालयन देशका’ भनेर चिनाउँथे उनी। उनी देशलाई चिनाउँदै हिँडथे। ‘यो झण्डा नेपाल देशको हो’ भनेर चिनाउँथ्यो उनको टिमले। नेपालको झण्डामा त सूर्यचन्द्रमा थियो नि। उनले भने, ‘धेरैले त चिनेका पनि थिए तर केही नचिनेका रहेछन् तिनीहरुलाई पनि चिनायौँ।’
उनले देशलाई बोलेर मात्र होइन, गरेर पनि चिनाए। पदक जितेर। पदक जितेको समयमा इतिहास बन्दै थियो नि होइन? जवाफमा उनी भन्छन्, ‘इतिहास बन्छ/बन्दैन, त्यो त थाहा थिइन। मुख्य कुरा जुत्तै थिएन। उतिबेला चार सय पर्छ भनेको थियो। त्यो भनेको अहिलेको चार लाख बराबरीको हो।’
तर के भएको थियो भने, राखेपले एक जोर जुत्ता नबनाएको पनि होइन। उसले बाँसबारीको छालाजुत्ता कारखानालाई अनुरोध गरेको थियो। कारखानाले चार सयमा जुत्ता बनाइदियो- सावर हालेको, चिटिक्का परेको। तर लगाएकै दिनमा प्वाल पर्यो…! त्यो जुत्ताले कामै दिएन।
‘सरकारले चाहेमा किन्न त किन नसक्नु। तर खेलाडीलाई सम्मान थिएन। हामीलाई चोर भनेर लगार्थे। कुकुर छोडिदिन्थे। गोदावारीतिर। त्यस्तो थियो। अनि सरकारले पनि के किनिदिन्थ्यो जुत्ता,’ उनले पुराना दिन सम्झिए।
यति भनि नसक्दै जितबहादुर आफ्नो खुट्टाको पीडा सुनाउन थाले। कुरा मनिलाकै हो। आधाभन्दा धेरै दौड सकिएको थियो। तातो पिच अनि खाली खुट्टा। दौडिँदादौडिँदै पैतालाको एक पत्र छाला उक्किएको थियो। ‘थोरै हो र? ४२ किलोमिटरसम्म तातो पिचमा दौडिएको हो नि! टेक्नै नहुने भयो। नहेरी थाहा भइसक्यो, कि मेरो पैँतालाको नानीमासु निस्किसकेको थियो,’ उनले भने।
‘खुट्टामा फर्म लगाएर हिँड्नुपर्ने थियो। त्यसमाथि लौरो टेकेर। त्यतिबेला गह्रौ जुत्ता पाउँथे। ति पनि पाउन मुस्किल थियो। थिएन नि,’ वार्तालाप टुंग्याउँदै जितबहादुरले भने, ‘त्यसरी पदक जितेको पनि आज वर्षौँ वितिसकेको छ।’
त्यतिबेला चाहिँ मधु शमशेर प्रशिक्षक थिए। ठाउँठाउँमा छेउमा आइरहेका शमशेरले कुरा बुझिसकेका थिए- जितबहादुर जतिबेला पनि अडिन वा लड्न सक्नेछन्। अब उनी दौडन सक्ने अवस्थामा छैनन्।
यो कुरा जितबहादुरले इसाराले नै भने। परबाट प्रशिक्षक चिच्याए, ‘विस्तारी हिँड, तिम्रो पछि कोही छैनन्। भए पनि धेरै पछि छन्। अब एक किलोमिटर मात्र छ।’ जितबहादुरलाई लाग्यो प्रशिक्षकले भनेको मान्नुपर्छ। हिम्मत हारेनन्।
पृष्ठभूमिका प्रशिक्षकले थपिरहेका थिए, ‘धेरै पछि भएकाले हिँडेर पनि पुग्छौं। न आत्तिऊ, विस्तार हिँड। हिँड्न चाहिँ नछोड…।’ प्रशिक्षकको स्वर सानो हुँदै गयो। जितबहादुर अघि बढिरहे।
फेरि खुट्टाको अवस्था कस्तो थियो नि! ओहो! टेक्यो कि बाटैभरी रगतैरगत। जहाँ टेक्यो त्यहीँ रगत। दशै औंलाबाट पिचमा रगत चुहेको देखिन्थ्यो। ‘अब कसरी दौडन सकिएला? यो कुरा मेरो दिमागमा नआएको पनि त होइन्। झन् सकिन लागेपछि त आम्मामा के सारो पोलको! राम राम! आगाले के पोल्छ होला र! त्यतिकैमा बल्ल एक राउन्ड सकेँ,’ उनी अगाडि सुनाउँछन्।
उनीभन्दा अघि एक कोरियाली खेलाडी थिए। सजिलो दुवैलाई थिएन। त्यो पललाई आँखै अघि महसुस गर्दै जितबहादुरले भने, ‘ऊ पनि ढलिसक्नै लागेको छ। तर उसको भरथेगमा जुत्ता चाहिँ छ।’
ती कोरियाली खेलाडीले चाहिँ जितबहादुरलाई जिस्काएजस्तो गरे। जितबहादुर दौडेर उनलाई भेट्थे। त्यसपछि ती खेलाडी खुर्र दौडेर अलि पर पुगेर उभिन्थे। जितबहादुरले भने, ‘अनि फेरि भेट्छु। त्यसै गरेर अल पर पुगेर उभिन्छ। त्यसै गरेर सकेन्ड भयो ‘बज्ज्या।’’
प्रतियोगितापछि उनी प्रशिक्षकसँगै नेपाल फर्किए। फोनबाटै आउने सूचना थाहा पाएपछि केही मानिस प्रशिक्षक र जितबहादुर भेट्नका लागि विमानस्थल पुगेका थिए। राखेपका प्रतिनिधि लिन गएका थिए। त्यहाँबाट उनलाई सहर परिक्रमा गराइयो।
उनले थपे, ‘उसले त दौड पूरा गर्ने नै थियो, यता आफ्नो चाहिँ तेस्रो पनि नआउने भयो। पूरा गर्न नै नसकने भएको थियो। तर भारत, श्रींकाका धेरै पर भएकोले दौड नछोड्न मधु शमशेरले सुझाइरहेका थिए। ‘सँगै हिँड्न नपाए पनि कुनै कुनै गौँडामा कोचहरु गाडीमा आएर आफ्नो भाषाले हामीलाई कुरा बुझाउनु हुन्थ्यो, सूचना दिनुहुन्थ्यो,’ जितबहादुरले भने, ‘त्यसरी मैलै जितेको हो।’
पदक जितेपछि जितबहादुरलाई गुरुले ‘स्याबास् ! पूरा गर्यौ’ भने। बाटोमा रागत देख्दा त मधुलाई लागेको रहेछ, आज दौड पूरा हुँदैन। गुरुले भनेका ती कुराहरु पाँच दशकपछि पनि जितबहादुर मजाले सम्झन्छन्, ‘दौडँदादौडँदै नसक्ने भइसक्यो। देशको लागि गरेको साहस हो। एकदमै साहसिलो काम गर्यौँ।’
थाहै छ नि, उतिबेला सूचना दिन पनि कति गाह्रो थियो। अहिले त इन्टरनेट, सामाजिक सञ्जाल, रोडियो टिभी भएकाले कुनै कुरा थाहा पाउन र थाहा दिन सजिलो छ। त्यतिबेला सजिलो थिएन। उतिबेला ब्याट्री लगाउने अनि घुमाउने फोन हुन्थ्यो। उनले भने, ‘हामीले त्यसबाटै राखेपमा फोन गरेको हो। हुईँहुईँहुईँ घुमेपछि बल्ल बोल्थ्यो।’
‘अल्फा बिटा चार्ली डेल्टा टू टाँगा माई सिंगल ओभर’ भनेर उताबाट हान्नु पर्दथ्यो।
‘ए…!!! हाम्रो नेपालमा त पहिलो टीभी त वीरेन्द्र माल्दिभ्स जाँदा आएको हो। हाम्रो बुथमा। नत्र थिएन। केही थिएन,’ उनले भने, ‘पदक जितेको दिन पनि पछि फोन गरेको हो। त्यही घुमाएपछि चल्ने फोनमा।’
प्रतियोगितापछि उनी प्रशिक्षकसँगै नेपाल फर्किए। फोनबाटै आउने सूचना थाहा पाएपछि केही मानिस प्रशिक्षक र जितबहादुर भेट्नका लागि विमानस्थल पुगेका थिए। राखेपका प्रतिनिधि लिन गएका थिए। त्यहाँबाट उनलाई सहर परिक्रमा गराइयो। गाढीमा- रत्नपार्क, भोटाहिटी, असन, इन्द्रचोकलगायत। त्यो परिक्रमा कोहीले चाख दिएर हेरे, कोही चाहिँ क्याहो क्याहो भनेजस्तो गरेर अर्कोपट्टि फर्किए। अब भक्तपुरतिर त ‘छ्याऽऽऽ छ्याऽऽ’(के हो के हो) भन्ने भए। थाहा नपाएर फुत्त भित्र पस्ने गर्थे। उनको नेपालमा भव्य स्वागत भयो। तर खुट्टाको पीडा उस्तै थियो।
प्राथमिक उपचार मनिलामै गरिएको थियो। त्यसपछिको उपचार पनि गरियो। तर हिँड्न सकने अवस्था थिएन। दौड सकिएपछि ‘खै के के औषधि लगाएर बाँधिदिए’को जितबहादुरलाई याद छ। पछि आफैं मासु भरिँदै गयो। खाटा बस्दै गयो। पूरै जाती हुनका लागि तीन महिना लाग्यो।
‘खुट्टामा फर्म लगाएर हिँड्नुपर्ने थियो। त्यसमाथि लौरो टेकेर। त्यतिबेला गह्रौ जुत्ता पाउँथे। ति पनि पाउन मुस्किल थियो। थिएन नि,’ वार्तालाप टुंग्याउँदै जितबहादुरले भने, ‘त्यसरी पदक जितेको पनि आज वर्षौँ वितिसकेको छ।’

