२०८३ कार्तिक १६ गते आईतबार

विश्व हेपाटाइटिसविरुद्धको दिवसः नेपालमा तीन लाख रोगी भएको अनुमान

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन १२
hepatietise news

काठमाडौं– आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया आयोजना गरी मनाइँदै छ।

कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउँछन्। ‘नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन्। पहिलोमा ‘ए’ र ‘ई’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ,’ डा. केसीले भने।

के हो हेपाटाइटिस?

हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो, जुन विभिन्न प्रकारका संक्रामक भाइरस र गैरसंक्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ। हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुन्छन्। कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुन्छ।

हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ। कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको पाइन्छ। भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ। हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ। हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्।

रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक संक्रमणबाट समेत सर्दछ। सीको संक्रक्रमण धेरै लागुपदार्थ दुर्व्यसनी फस्नेमा देखिने गरेको छ। हेपाटाइटिस बी संक्रमित आमाबाट बच्चामा सर्ने हुन्छ। परिवार र समुदायमा बढी देखिन्छ।

चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस संक्रमण मौन हुन्छ। हेपाटाइटिस ए र इभन्दा बी र सीको संक्रमण घातक हुने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ संक्रमित थपिन्छन्। सोही कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको छ।

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ।

हेपाटाइटिस कसरी बच्ने?

चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो। हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ। हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा. शर्माको सुझाव छ।

‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यस रोग कम हुँदै जान्छ,’ उनले भने। उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ।

हेपाटाइटिसको उपचार

‘आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ। बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ,’ डा. केसी भन्छन्, ‘बिरामीलाई जन्डिसको समस्या देखिन्छ। जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ। त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ।’ डा. केसी जनचेतना अभावमा बिरामीले अनावश्यक जथाभावी औषधिको सेवन गर्न नहुने बताउँछन्। उनका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहोर खानेकुराबाट सर्छ।

यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ। उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवती महिलामा बढी संक्रमण हुन्छ। हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनी भन्छ्न, ‘औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ।’ सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ। हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ।

डा. शर्मा भन्छन्, ‘हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ। त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सक्ने संक्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ।’ ए र ई स्वस्थकर आहार र पर्याप्त आरामबाट निको हुन सक्छ।

सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ। बी र सीको औषधोपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ। चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो। त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ।

नेपालमा हेपाटाइटिसको समस्या

सरकारसँग यकिन तथ्यांक नभए पनि तीन लाख जनामा हेपाटाइटिस रोग हुन सक्ने चिकित्सकको अनुमान छ। देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन्। चिकित्सकका अनुसार नेपालमा ए र इ बढी देखिन्छ, प्रत्येक वर्ष वर्षायाममा बढी देखिने हुन्छ।

‘बीको एक प्रतिशतभन्दा कम छ। कुनै–कुनै ठाउँमा धेरै छ। जस्तै मनाङ, मुस्ताङ, डोल्पामा धेरै छ,’ डा केसी भन्छन्, ‘हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको संक्रमण धेरै देखिन्छ।’

एचआइभीलाई महत्त्व दिइएजसरी हेपाटाइटिस बीलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नपर्ने डा. शर्मा बताउँछिन्। उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हेपाटाइटिस प्राथमिकतामा परेको छैन।-रासस

प्रकाशित: २०८० साउन १२ गते शुक्रबार ०८:५३
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना