२०८३ कार्तिक १३ गते बिहिबार

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
Nepal vs philipines football playing 11

काठमाडौँ- राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन्।

थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो। यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीमा ३३ सदस्यीय टोली बनेको छ।

प्रशिक्षक भिसेन्जोले तीन खेलाडीको आत्मविश्वास बढाउन राष्ट्रिय टोलीमा स्थान दिएको बताए। नेपालको राष्ट्रिय फुटबल टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्नेछ।

नेपाल र लाओसवीचको खेल ‘होम एन्ड अवे’ गरी दुई खेल हुनेछ। जसमा पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ। यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ।

नेपाली टोलीले आगामी अगष्ट १ तारिखदेखि बन्द प्रशिक्षणको सुरुआत गर्ने जनाएको छ। प्रारम्भिक चरणमा छनोट भएका नेपाली टोलीको गोलकिपरमा किरण लिम्बु, अनिष देउला, दीप कार्की र अभिषेक बराल छन्।

त्यस्तै डिफेन्डरमा  बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, अशिष श्रेष्ठ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन्।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आभाष लामिछाने, उत्सब राई, बिशाल तामाङ, बिबेक पौडेल, कृतिश रत्न छुन्जु, सन्तोष खत्री र कुशल फुयाल छन् भने फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिशुब थपलिया रहेका छन्।

प्रकाशित: २०८० साउन १२ गते शुक्रबार ०६:००
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना