काठमाडौँ– सरकारले भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीले आन्दोलन गर्दै आएका छन्। चरणबद्ध आन्दोलन गर्दै आएका निर्माण व्यवसायीले प्रधानमन्त्री निवास बालुवाटारअघि हेल्मेट धर्ना दिएका हुन्।
मध्य साउन बित्न लाग्दासमेत सरकारले आफूहरूको ठूलो रकम भुक्तान नगरिदिँदा आफूहरू मारमा परेको उनीहरूको गुनासो छ।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सोमबार प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा हेल्मेटसहित निर्माण व्यवसायीले एक घण्टा धर्ना कार्यक्रम गरेका हुन्।








