पोखरा- फेवा पर्यटन विकास समितिको अध्यक्षमा अर्जुन सुवेदी चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न समितिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले सुवेदीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा निरञ्जन खत्री, सचिवमा शिव थापा, कोषाध्यक्षमा गोपीलाल तिमिल्सिना छन्। संस्थामा हाल १ सय सदस्य छन्।
२०७५ सालमा स्थापना भएको समितिले पर्यटन प्रवर्द्धनका लागि काम गर्दै आएको छ। समितिको पहलमा खपौदीमा डुङ्गाघाट निर्माण गरी सञ्चालन आएको छ।


