काठमाडौँ- काठमाडौँको सामाखुशीबाट खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव भेटिएको छ।
साजनको शव दक्षिणकालीस्थित बाग्मती किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए।
यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो।
त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको हो।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।
