२०८३ कार्तिक ११ गते मङ्गलबार

उजाडिँदै भोजपुरको ऐतिहासिक ‘मिनी पाटन’ टक्सार बजार

 |  रासस
Sanket

रासस

काठमाडौँ, साउन २०
taksar bazzar

भोजपुर– बसाइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाडजस्तै भएको छ। तत्कालीन समय नेपालभर आवश्यक पर्ने टक डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो। यहाँका मानिस घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घर जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ। कतिपय घरहरु भत्किन थालेका छन्।

विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन्। यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको स्थानीय तथा पूर्ववडाध्यक्ष कुमार श्रेष्ठले बताए। घर अलपत्र छाडेर यहाँका मानिस काठमाडौं, धरान, विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ। यहाँका करिब ६० प्रतिशत मानिस घर छाडेर बाहिर गएको श्रेष्ठले बताए।

‘टक्सार बजार देशकै पहिचान बोकेको पुरानो ऐतिहासिक बजार हो,’ श्रेष्ठले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड भएको छ। कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठमन्दिर भत्किन थालेका छन्। बजार सुनसान बनेको छ। यहाँका करिब ६० प्रतिशत मानिसहरु बाहिर गएको अवस्था छ।’ १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको छ। तत्कालीन नेपाल सरकारले १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो।

टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको स्थानीय जानकारहरु बताउँछन्। यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक डोली पैसा राणा शासनमा प्रचलित थियो। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन्। पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए। टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ। जुन बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो।

राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बूढापाका भनाइ छ। उनीहरुका अनुसार अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालिगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए। त्यो समयमा यो बजारमा मानिसको चाप धेरै हुने गरेको थियो।

२००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान हुँदै गरएको हो। विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो। टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो। रामप्रसाद राई गाउँपालिकाम पर्ने धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरु निर्माण गरिन्थ्यो।

तर त्यो खानी पनि अहिले बन्द भएको छ। दशकौँ अघिसम्म सयौँको संख्यामा रहेका यहाँका उद्योगहरु अहिले छ÷सातवटामा सीमित भएका छन्। पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान पूर्ववडाध्यक्ष र श्रेष्ठको भनाइ छ। यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाकाले बताउने गरेका छन्।

इतिहासअनुसार सोह्रौँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ। माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरु पनि खोलिएका थिए। यी सम्पदाको समय समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्। त्यसो त अहिले आएर बजारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको स्थानीयवासी बुद्धराज शाक्यले बताए। उनका अनुसार बजारका हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दुरवस्थामा पुगेको हो। सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन।

‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ। यहाँ नजिककै टक्सार विमानस्थलसमेत छ। टक्सार बजारका धातु उद्योगलाई ब्यूँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको पूर्ववडाध्यक्ष श्रेष्ठले बताए।

उनका अनुसार यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ। यहाँका सामग्री देशभित्र मात्रै हैन विदेशमा समेत निर्यात हुने गर्छ। अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन्। बजारमा जनघनत्व घटेर विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ। बसाइँ सरेर गएका मानिसले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन्।–युवराज विष्ट

प्रकाशित: २०८० साउन २० गते शनिवार १०:५२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना