काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित भएको ५ महिनापछि रामचन्द्र पौडेल शनिबार बोहोराटारस्थित निजी निवास पुगेका छन्।
गत वर्ष फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएर राष्ट्रपतिको निवासमा सरेपछि पहिलोपटक उनी शनिबार बोहराटार पुगेका हुन्।
पौडेलले छरछिमेकीसहित आफन्त र शुभचिन्तकहरुसँग हालखबर सोधीखोजी गरेका थिए।



