२०८३ साउन १३ गते बुधबार

स्तनपानमैत्री कार्यालय नहुँदा जन्मसिद्ध अधिकारबाट बञ्चित हुँदैछन् बालबालिका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
breastfeeding

काठमाडौँ- नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले ६ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ। धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपानबाट बञ्चित हुनुपरेको छ। सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ।

परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा कल्पना उपाध्याय सुवेदीले आमाहरुले घरमा शिशुलाई स्तनपान गराए पनि कार्यालय समयमा स्तनपान गराउन नपाएकाले ६ महिनासम्म स्तनपान गर्ने शिशुको सङ्ख्या घट्दै गएको बताए।

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरुपमा स्तनपान गराइएको छ। जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको ६ महिनाभित्रमा स्तनपान गराएको थियो। यसरी १० प्रतिशतमा कमी आएको छ।

‘आमाहरुले घरमा हुँदा शिशुलाई आफ्नो दूध खुवाउनुहुन्छ, तर काममा फर्किसकेपछि कार्यस्थलको वातावरण स्तनपानमैत्री नभएकाले आमाहरुले शिशुलाई अन्य दूध खुवाउन बाध्य हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले पहिलेभन्दा कम शिशुले स्तनपान गर्न नपाएका हुन्।’

कामकाजी महिलाले पनि सुत्केरीपछि काममा फर्केपछि पनि ६ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने प्रमुख बालरोग विशेषज्ञ डा सुवेदीको भनाइ छ। आमाहरुले घरमा हुँदा आफ्नो दूध खुवाउने, स्तनपान गराउने र काममा जाने बेलामा आफ्नो स्तनबाट दूध दुहेर सफा भाँडोमा राखेर शिशुलाई दिउँसो खुवाउनका लागि छाडनुपर्ने उनी बताउँछन्।

उनका अनुसार यदि आमाको घरमा फ्रिज छ भने दुहेको दूधलाई २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ। यही फ्रिज छैन भने पनि कोठाकै तापक्रममा छदेखि आठ घण्टा सुरक्षित दूध रहन सक्छ। उनले कार्यस्थल पनि स्तनपानमैत्री हुन जरुरी रहेको बताए। कार्यालय समयमा बीचबीचमा स्तनपान गराउन केही समयका लागि बिदा लिन सकिने उनको भनाइ छ।

कार्यालयमा स्तनपान कक्षको व्यवस्था हुन पनि आवश्यक रहेको उनको भनाइ छ। उनका अनुसार स्तनपान कक्षमा हात धुने ठाउँ, स्तन निचोरेर दूध राख्ने व्यवस्था, फ्रिजको व्यवस्था भयो भने आमाले आफ्नो दूध निचोरेर पटकपटक (दुई–तीन) घण्टाको फरकमा दूध खुवाउन छन्।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले धेरै महिला आर्थिक गतिविधिमा संलग्न भएकाले काममा जानुपर्ने भएको र स्तनपान मैत्री कार्यस्थल नभएकाले शिशुलाई स्तनपान गराउन नपाएको बताए।

उनले कार्यस्थलमा आमाले स्तनपान गराउन नपाएकाले बाध्य भएर अरु वस्तुहरु खुवाउन परेको बताए। ‘शिशुलाई अरु कुरा खुवाउँदा शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर पर्दछ,’ उनले भने, ‘समग्र आर्थिक तथा सामाजिक विकासमा पनि यसको नराम्रो र प्रतिकूल असर पार्दछ।’

उनले शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले कामकाजी आमालाई कार्यस्थलमा नै स्तनपान गराउने उपयुक्त वातावरण रोजगारदाताले बनाउनुपर्नेमा जोड दिए। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा सबै रोजगारदाताले नवजात शिशुका आमालाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउने व्यवस्था उल्लेख गरिएको छ। उनले कार्यस्थललाई स्तनपानमैत्री बनाउन आवश्यक रहेको बताए।

नेपालसहित विश्वभरि नै यही साउन १६ देखि २२ गतेसम्म ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ‘विश्व स्तनपान सप्ताह’ मनाइँदै छ। स्तनपानबाट बच्चालाई कुपोषण, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउँछ भने आमालाई रक्तश्राव कम, डिप्रेसन, तथा डिम्बासय र स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने गर्दछ।

प्रकाशित: २०८० साउन २० गते शनिवार ०३:५२
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना