काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ।
शनिबार बेलुका ९:०५ बजे तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्दै आएका बाबुछोरीको मृत्यु भएको काठमाडौं प्रहरीले बताएको छ।
मृत्यु हुनेमा नुवाकोटको सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङ छन्।
गणेशकी श्रीमती सञ्जु तामाङ भने घरको बाहिरपट्टि रहेका कारण जोगिएकी हुन्। उनी सामान्य घाइते भएकी छन्।
मृतक बाबु-छोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।


