२०८३ कार्तिक १२ गते बुधबार

ओहो केकको ब्रान्डिङमा थप उपलब्धी, एम्बेसडर बने क्रिकेटर ललित राजवंशी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
oho111

काठमाडौँ- अचेल हरेक शुभदिनमा केक काटिन्छ। जन्मदिनका लागि त पर्याय बनिसक्यो केक, नभई नहुने। भौतिक रूपमा नै चाहिने केक खोज्न अब बजार पुग्नैपर्ने  बाध्यता भने हटेको छ। ओहो केकले त्यो बाध्यतालाई दूर गरिदिएको छ।

लकडाउनका समय अचानक भर्चुअल दुनियाँमा प्रवेश गरेको बेला खुलेको ओहो केकले अहिले पनि भर्चुअल माध्यमबाट नै बजार विस्तार गरिरहेको छ। अनलाइनबाट नै केकको अर्डर लिएर घरघरमा भौतिक रूपमा नै पुर्‍याउने सेवा दिएर उपभोक्ताको मन पनि जितिरहेको छ।

अनलाइनमा केक व्यापारका लागि चर्चा बटुलिरहेको ओहो केकले चर्चित राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीलाई ब्रान्ड एम्बसडरमा नियुक्त गरेको छ। आगामी दुई वर्षको लागि राजवंशीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको ओहो केकका सहसंस्थापक दिव्येश गिरीले जानकारी दिए।

राजवंशीसँग साझेदारी गर्न पाएकोमा आफू र आफ्नो ब्राण्डलाई गर्व लागेको उनी बताउँछन्। ‘यो साझेदारीले ओहोको स्वादिष्ट केक र क्रिकेटका समर्थकहरूलाई जोड्ने छ। क्रिकेटमा राजवंशीको ट्यालेन्ट र प्रतिबद्धताले साझेदारीले योहो केक महत्व अझ बढाएको छ,’ उनले भने।

ब्रान्ड एम्बेसडर बनेसँगै राजवंशी योहोका विभिन्न अभियान र सामाजिक सञ्जालबाट प्रवर्द्धन गर्न सहयोग गर्नेछन्। ओहो केकसँग साझेदारी गर्न पाउँदा आफूलाई खुशी लागेको राजवंशीले बताए। भने- ‘युवा उद्यमीहरुले सुरु गरेको यो व्यवसायसँग जोडिन पाउँदा खुशी लागेको छ।’ सन् १९९९ मा विराटनगरमा जन्मिएका राजवंशी सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। उनी अहिले राष्ट्रिय स्तरका चर्चित क्रिकेटर हुन्।

नेपाली समाजमा केक काटेर खुसी मनाउनु आमसंस्कृति झैं हुँदैछ। जन्मोत्सव, वार्षिकोत्सव, कुनै सफलता र यस्तै कुनै खुसीयालीमा केक काट्नु अनिवार्य जस्तै भएको छ। यही हुर्किँदो संस्कृति देखेर उनीहरूले सन् २०२१ जनवरीमा दिव्यश गिरी, सन्तोष पाण्डेको समूहले ‘ओहो केक’ नाम राखेर व्यवसाय सुरू गरेको थियो।

सन्तोषको अफरिङ ह्याप्पिनेसमा ठूलै टिम थियो। लकडाउनपछि सबै बेरोजगार भएका थिए। उनी सबै साथीलाई अघि बढाउन चाहन्थे। सन्तोष र दिव्येशबीच सल्लाह भयो। छलफल गर्दै र बुझ्दै जाँदा उनीहरूले केक व्यवसायमा बलियो सम्भावना देखे। अनि यही काम गर्ने टुंगोमा पुगेका थिए।

जम्माजम्मी एक लाख रूपैयाँ लगानी, एक जना कुक र डेलिभरीमा एक जना सहयोगीबाट सुरु भएको योहो केकले छोटो समयमा नै ४ करोडको व्यापार गर्न थालेको छ। ‘हामी अर्डर छिटो ल्याउन सक्छौं भन्ने थियो। गिफ्टिङमा पाँच वर्ष काम गरेको मेरो अनुभव थियो,’ सन्तोषले भन्छन्, ‘नभन्दै हरेक दिन व्यापार बढ्दै गयो। हाल दैनिक सरदर १५० वटा केक बिक्री हुन्छ।’

गुणस्तर र स्वादसँग तुलनात्मक रूपमा आफूहरूले उत्पादन गरेको केकको मूल्य सस्तो भएको सन्तोष बताउँछन्। ‘देशमै केही गर्छु भनेर विदेशबाट फर्केका युवालाई प्रोत्साहन गर्न प्राथमिकता दिएका छौँ,’ दिव्येश भन्छन्, ‘उनीहरूलाई केक बनाउने तालिम दिएर काममा राखेका हौँ।’

ओहो केकका ग्राहकले आफूले चाहे अनुरुपको केक अनलाइनबाट अर्डर गर्छन्। अर्डर दिने ग्राहकले आफ्नो केक कति बन्यो? बनेर फ्रिजमा राखिएको सूचना, ढुवानीका लागि हिँडेको सूचनालगायतका सबै सूचना अनलाइनमार्फत नै पाउँछन्। ओहो केकले ढुवानी अर्थात् डेलिभरी सर्भिसका लागि पठाओ, भोजलगायतका डेलिभरी सर्भिससँग समन्वय गरेको छ। ‘पठाओ, भोजलगायतका दर्जनभन्दा बढी डेलिभरी सर्भिससँग समन्वय गरेका छौं,’ सन्तोष पाण्डे भन्छन्, ‘अधिकांश अर्डर अनलाइनमार्फत आउँछ। हाम्रो वेबसाइट, हाम्रो सोसियल मिडिया साइटबाट आउँछ। अर्डर लिइसकेपछि केक बनाउँछौँ।’

(ओहो केकको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। फोन ०१-५९११३०६)

प्रकाशित: २०८० साउन २२ गते सोमबार ०६:४९
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना