काठमाडौँ- विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गरी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ नेपाल आइपुगेकी छन्। पाकिस्तानस्थित केटू हिमाल साउन ११ कगते आरोहण गरी उनी बुधबार बिहान स्वदेश फर्किएकी हुन्।
पछिल्लो पटक ८ हजार ६ सय ११ मिटर अग्लाे केटू हिमालको सफलतापूर्वक आरोहण गरेसँगै उनले ८ हजार मिटरभन्दा बढी उचाई नेपालका सात वटै हिमाल आरोहण पूरा गरेकी छन्।
६ वर्ष पहिले पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन्।
पुर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी थिइन्।








