काठमाडौँ- हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर रिक्त रहेको एक पुजारी नियुक्त भएका छन्।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिनादेखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पूजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
‘चार महिना अघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने, ‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आज मन्दिर प्रवेश गराएका छौँ।’
नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन्। उनलाई मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेश गराइएको छ। पशुपतिमा चार मूल पुजारी हुने गर्दछन्। तर, चार महिनादेखि तीन जना मात्र थिए।
मन्दिरमा कार्यरत एक पुजारीले फागुनमा राजीनामा गरेपछि नयाँ पुजारी नियुक्त गरिएको हो।


