२०८३ कार्तिक १३ गते बिहिबार

गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चाङ्गको आह्वान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
gaura1
फाइल फोटो

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चाङ्गका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गौरा पर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ । यस वर्ष भदौ २१ गते गौरा पर्व मनाउनुपर्ने भनी प्रचारप्रसार गरिएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त दिन बिहान चार बजे अगस्त्य उदय हुने हुँदा पर्व मनाउन उपयुक्त नहुने पञ्चाङ्गका कानुनी सल्लाहकार जगतप्रसाद जोशीले बताए। उनका अनुसार शास्त्रीय ग्रन्थमा अगस्त्य उदय भएपछि गौरापर्व मनाउन नहुने कुरा उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त अठोला पात्रोले यसअघि पनि शास्त्रसम्मत् निर्णय दिएकाले गौरा पर्व भदौ ७ गते नै मनाउनु शास्त्रसम्मत् हुने विज्ञप्तिमा जनाइएको छ ।

मानसखण्ड पञ्चाङ्गमा गौरापर्व भदौ २१ गते मनाउनुपर्ने भनी भ्रम सिर्जना गरिएको जनाउँदै जोशीले उक्त पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन भएको जानकारी दिए। उनका अनुसार यसलाई समितिले कारबाहीको सुचीमा राखेको छ ।

कानुनी सल्लाहकार जोशी, पञ्चाङ्गकार डिल्लीराज जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मानसखण्ड पात्रोले फैल्याएको भ्रमकापछि नलाग्न आग्रह गरे । सरकारले विसं २०७७ पुस २० मा समितिको गठन आदेश स्वीकृत गर्र्दै तिथि, मिति, चाडपर्वसम्बन्धी निर्णय गर्ने काम, कर्तव्य, अधिकार तोकेको थियो ।

प्रकाशित: २०८० साउन २५ गते बिहिबार १२:२४
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना