काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले, प्रतिनिधि सभा चल्न नसकेको विषयमा चासो राखेका छन्। शुक्रबार संघीय संसदका प्रमुखलाई बोलाएर उनले संसदको जारी अवरोेध र खुलाउन भइरहेको प्रयासबारे जिज्ञासा राखेका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टासम्म संसदको अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभाभुखका प्रेस सयोजक शेखर अधिकारीले जारी गरेको प्रेस नोटमा ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २६ साउन, २०८० मा भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको’ जानकारी दिइएको छ।
भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउने प्रयासबारे समेत जानकारी लिएका थिए। सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको अपेक्षा राखेका थिए।
राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए।
संसद्का दुवै सदनको बैठक बस्ने कार्यसूची, एमालेबाट अवरोधको संकेत


