काठमाडौं– जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम अदलीबदली भई ६ वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। यतिबेला देशैभर पानी परिरहेको महाशाखाले बताएको छ।
देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाको छ।
आज गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी, कोसी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
