काठमाडौँ- काठमाडौँ कीर्तिपुरस्थित बल्खु खोलामा फसेका दुई बालकको उद्धार भएको छ। शनिबार दिउँसो पौडी खेल्न गएका दुई बालकको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
उद्धार हुनेमा कलंकीमा बस्दै आएका ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी छन्। पौडी खेलिरहँदा पानीको बहाव एक्कासी बढेपछि उनीहरू खोलाको बीचमा फसेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले उनीहरूलाई उद्धार गरेको थियो।
उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको कीर्तिपुर प्रहरीले जनाएको छ।
भिडियो


