काठमाडौँ- आइतबार बिहानैदेखि देशभर वर्षा भएपछि नदीमा पानीको बहाव बढेको छ। तीन नदीमा पानीको सतह सतर्कता बिन्दु भन्दा पनि माथि पुगेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार बबई, नारायणी, बागमती नदीमा पानीको सतहले सतर्कता बिन्दु पार गरेको हो।
बबईको रम्भापुर स्टेसनमा पछिल्लो २४ घण्टाामा २२१ मिलिलिटर पानी परेको छ। यस्तै बागमतीको कुसुमटारमा १६९ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। नारायणी नदीको मकवानपुर गढी स्टेसनमा १५८ मिलिलिटर पानी परेको मापन गरिएको छ।
मन्त्रालयको विपद् पोर्टलका अनुसार मर्स्याङ्दी-३ लम्जुङमा अहिले भारी वर्षा भइरहेको छ। यस्तै बर्दियाको बाँसगढी क्षेत्र बाढीको चेतावनी दिइएको छ। बिहान ११ बजेको समयमा बारबर्दिया र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा क्षेत्रमा भारी वर्षा भएको थियो।
बिहान ९:१५ बजे मकवानपुरगढी क्षेत्रमा भारी वर्षा भएको थियो।

