काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी सरकारबाट फिर्ता हुने भएका छन्। उनलाई फिर्ता गरेर उनको स्थानमा जनमतकी अनितादेवी साहलाई मन्त्रीका रूपमा भित्र्याउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन्।
जनमतकी साहको शपथ सोमबार बिहान १० बजेका तागि तयारी गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समय माग गरेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी दिएको छ। सोमबार साहको शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
जनमत पार्टीले अनितालाई असार २६ गते नै मन्त्री बन्नका लागि सिफारिस गरेको थियो। पुसदेखि चैतसम्म सरकारमा रहेको जनमत आफूले भनेको मन्त्रालय नपाएको भन्दै सरकारबाट फिर्ता भएको थियो। स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा पराजित साह जनमतकी सचिव हुन्।


